शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं । शुक्रबार तीन दिने भारत भ्रमणमा निस्किाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नभेट्ने भएका छन् ।

 

सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा निस्किएका अध्यक्ष प्रचण्डले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने पूर्ववर्ती कार्यक्रम रहे पनि रद्ध भएको छ ।

 

शुक्रबार दिल्ली प्रस्थान गर्नुअघि अध्यक्ष प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री मोदीसँग पनि भेट्ने भनेका थिए । तर, भ्रमणको अन्तिम दिन आइतबार प्रधानमन्त्री मोदीलाई नभेटी अध्यक्ष प्रचण्ड फर्कन लागेको उनको सचिवालयले जनाएको छ ।

 

सचिवालयका अनुसार अध्यक्ष नड्डाको निम्तो नै अन्तिम भेट हो । साथै, सचिवालयले अध्यक्ष प्रचण्डको भारत भ्रमण उपलब्धिमुलक भएको पनि बताएको छ। अध्यक्ष प्रचण्ड आज साँझ स्वेदश फर्किदै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय