शुक्रबार , चैत्र १६, २०८०

काठमाडौँ — धरहराको पुनर्निर्माणमा तोकिएको बढी रकम भुक्तानी भएको सरकारी प्रतिवेदनले देखाएको छ । बुधबार सार्वजनिक महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनले निर्माण व्यवसायीलाई बिल रकमको मूल्य अभिवृद्धि भुक्तानी

 

 

 

खर्च लेख्नुपर्नेमा फरक फ्याक्टर प्रयोग गरी बढी भुक्तानी गरेको पाइएको उल्लेख छ ।३१ लाख ६० हजार र सोको मूल्य अभिवृद्धि कर ४ लाख ११ हजार गरी ३५ लाख ७० हजार रुपैयाँ निर्माण व्यवसायीबाट असुल गर्नु पर्ने देखिएको महालेखाको

 

 

प्रतिवेदनमा उल्लेख छ ।प्रतिवेदन अनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ५५ (२) मा खरिद सम्झौता प्राप्त गर्नेको ढिलाइका कारण सम्झौताबमोजिम उल्लेखित अवधिभित्र सम्पन्न नभई बढी समय लागेमा मूल्यवृद्धि भुक्तानी नहुने उल्लेख छ । जसको ठेक्का २०७५ असोज १४ मा २०७७ असोज १४ भित्र सम्पन्न गर्नेगरी भएको थियो ।

 

 

 

पर्याप्त आधारबिना दाबी गरेको भन्दै पाटन अस्पतालको करिब ३ करोड र बीपी प्रतिष्ठानको २ करोड ८२ लाख रूपैयाँको बिल अस्वीकृतकाठमाडौँ — पाटन अस्पतालले ललितपुरकी पुनम बुढाथोकीको औषधोपचारबापत ६३ हजार ७९ रुपैयाँ भुक्तानी दिन माग गर्दै गत वैशाख २६ मा स्वास्थ्य बिमा बोर्डमा बिल पेस गरेको छ ।

 

 

 

बिलमा बुढाथोकीलाई ५ एमजीको कार्बिमाजोल मात्रै १८० बट्टा दिएको उल्लेख गरिएको छ ।एउटा बट्टामा एक सयवटा ट्याब्लेट हुने भएकाले बिलअनुसार बुढाथोकीले अस्पतालबाट १८ हजार ट्याब्लेट लगेको बुझिन्छ । कार्बिमाजोललाई प्रतिट्याब्लेट ३ सय ३४ रुपैयाँ पर्छ । अस्पतालले ४१ वर्षीया बुढाथोकीको रोग खुलाएको छैन ।

 

 

 

 

पिसाब, रगतलगायत परीक्षण गरिएको भनिए पनि त्यससँग सम्बन्धित कागजात पेस नगरिएको बोर्डले जनाएको छ ।बुढाथोकीले भने १८० बट्टा कार्बिमाजोल नलिएको बताइन् । ‘प्रत्येक महिना एक वा दुई बट्टाबाहेक बढी लिने गरेकी छैन,’ उनले कान्तिपुरसित भनिन्, ‘त्यो दिन बढीमा ६ हजार रुपैयाँ मात्र खर्च भएको हुनुपर्छ ।’ उनी थाइराइडकी बिरामी हुन् ।

 

 

 

उनले वैशाख २३ मा उपचार गराउन अस्पताल गएर त्यही दिन घर फर्केको पनि सुनाइन् । थाइराइड विशेषज्ञ डा. रूपक भारीले एकै पटक यति धेरै मात्रामा औषधि सिफारिस गर्न नसकिने बताए ।

 

 

 

 

‘गरेको भए त्यो गलत हो,’ उनले भने, ‘तीन महिनाका लागि दिनमा तीनवटाका दरले खाने गरी दिए पनि २७० वटा ट्याब्लेट मात्र दिन सकिन्छ ।’धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुलिखा खातुनको उपचार गराएको भन्दै ७२ हजार रुपैयाँ भुक्तानी दाबी गर्दै गत वर्ष भदौमा बोर्डमा बिल पेस गरेको छ । तर कागजातमा आईसीयूमा भर्ना भएको हो/होइन, हो भने प्रत्येक दिनको नर्सिङ चार्ट, अपरेसन गरेको भए ओटी नोट केही खुलाइएको छैन ।

 

 

 

चिकित्सक/स्वास्थ्यकर्मीको दस्तखत र काउन्सिल नम्बर पनि समावेश नगरिएको भन्दै बोर्डले भुक्तानी रोकेको छ । इनरुवा, सुनसरीकी खातुनले भने मुटुको समस्या भएर अस्पतालको आईसीयूमा तीन दिन र साधारण बेडमा आठ दिन बसेर उपचार गराएको बताइन् ।

 

 

ललितपुरकी बुढाथोकी र सुनसरीकी खातुनका नाममा जस्तै अस्पतालले अस्वाभाविक रूपमा बिमा दाबी गरेपछि बोर्डले भुक्तानी रोक्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय