शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं । वागमती प्रदेशका तत्कालीन मुख्यमन्त्रीसहितको टोलीले एक लाखको राहत सामान बाँड्न जाँदा २८ लाख भन्दा बढी हेलिकोप्टर भाडा भुक्तानी गरेको पाइएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

दुई वर्षअघि २०७७ साउन २६ गते सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोबाट प्रभावित परिवारलाई राहत बाँड्न तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोली लिदी पुगेको थियो ।

 

एक लाख ११ हजार मूल्यको दाल, चामल, स्वास्थ्य सामाग्रीलगायतका राहत सामाग्री बोकेर गएको टोलीले १५ पटक हेलिकोप्टरको प्रयोग गर्‍यो । त्यसमा १२ पटक त नेपाली सेनाको हेलिकोप्टर प्रयोग भएको थियो भने तीन पटक नीजि क्षेत्रको ।

 

सेनाको हेलिकोप्टर १२ पटक प्रयोग गरिएबापत ३.१५ घण्टाको दरले वागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट २५ लाख ६८ हजार रूपैयाँ भुक्तानी भएको छ ।

 

त्यस्तैगरी एक निजी वायुसेवा कम्पनीको हेलिकोप्टर पनि तीनपटकसम्म प्रयोग गरेबापत थप तीन लाख रूपैयाँ भुक्तानी भएको छ । जम्मा एक लाख ११ हजार रूपैयाँ बराबरको राहत वितरण गर्न कुल २८ लाख ६८ हजार रूपैयाँ खर्च गरेकोमा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

 

महालेखाले आफ्नो ५९ औं वार्षिक प्रतिवेदनमार्फत यो विवरण सार्वजनिक गर्दै यस्तो अनुत्पादक खर्चमा नियन्त्रण गर्न प्रदेशलाई सुझाएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय