मंसिर १० , काठमाडौँ प्रकाशित  : १:४२ PM

देशभरका ५ वर्ष मुनिका बालबालिकालाई आज र भोली राष्ट्रिय भिटामिन ‘ए’ खुवाइँदै छ ।परिवार कल्याण महाशाखाका अनुसार भिटामिन ‘ए’ सँगै जुकाको औषधि र पोषण तत्त्वले बनेको बालभिटा खुवाउने कार्यक्रमका साथै बालबालिकाको पाखुराको नापसमेत आज र भोलि लिइने छ । ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनासम्मका बालबालिकालाई पोषक तत्त्व बालभिटा ख्वाउने कार्यक्रम रहेको महाशाखाले जनाएको छ । २७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउने छन् भने ६ लाख बालबालिकाले बालभिटा र २४ लाख बालबालिकाले जुकाको औषधि दुई दिनको अवधिमा खुवाइने महाशाखाले जनाएको छ । भिटामिन ’ए’ कार्यक्रम देशभरका ५२ हजार स्वास्थ्य स्वयमसेविका सक्रियतामा दुई दिने कार्यक्रम सम्पन्न हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय