सोमबार , अषोज ४, २०७८

 

२०७७ मंसिर १० गते १०:४८ मा प्रकाशित November २५

बाँके।
कोरोना भाइरसबाट संक्रमित दाङकी ७७ वर्षीया एक महिलाको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ दाङ घर भएकी महिलाको गएराति सवा १२ बजे मृत्यु भएको हो ।
यही मंसिर ५ गते बिहान अस्पताल भर्ना भएकी उनमा भोलिपल्ट अपराह्न चार बजेतिर कोरोना संक्रमण पुष्टि भएको थियो ।
रोगको प्रकृतिअनुसार अक्सिजन थेरापी, एन्टिबायोटिक, रेम्डिसिभिरलगायतका औषधि प्रयोग गरी उपचार गराउँदा पनि उनलाई बचाउन नसकिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय