बिहिबार , चैत्र १५, २०८०

November 25, 2020 by
बुटवल १० मंशिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ ।
बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएका हुन् । नेता पौडेल आफ्नो निर्वाचन क्षेत्र (रुपन्देही–२) को सैनामैना मा.बि रानिबगिया र पर्राेहा मा.बि. मुर्गियाको नव निर्मित भवनको उदघाटन गर्न जाँदै थिए । प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका छन् । कालो झण्डा देखाउने कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ । बालुवाटारको सरकारी जग्गा आफ्ना छोराको नाममा गराएको र वर्तमान सरकार एकपछि अर्को ठूला भ्रष्टाचारमा मुछिएको हुँदा पौडेललाई कालो झण्डा देखाएर विरोध गरिएको कांग्रेस रुपन्देहीका युवा नेता विष्णु पोखरेलले बताए । गत संसदीय चुनावमा बुटवललाई स्थायी राजधानी बनाउने मुख्य चुनावी एजेण्डा बनाएर चुनाव जिते पनि अन्तिममा एजेण्डा छाडेर अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप पनि पौडेललाई लाग्दै आएको छ । साभार अनलाईन खवर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय