बिहिबार , चैत्र १५, २०८०

काठमाडौ । चुनावको मिति नजिकिँदै जादा विभिन्न दल अदल बदल गर्ने प्रकृया तीव्र बनेको छ । माओवादी केन्द्र प्रती जनलहर बढेको छ। दैनिक हजारौंको संख्यामा माओवादी प्रवेश गरिरहेका छन।आज नुवाकोट, रौतहट लगायतका जिल्लाबाट गरी हजारौं एमाले नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नुवाकोट माओवादीको अखडा बनेको छ ।

 

 

 

छिट्टै बाँकी रहेका जिल्ला नेताहरु पनि माओवादीमा प्रवेश गर्ने तयारी छ ।नुवाकोट बेलकोटगढीका एमाले नेता एवं मेयरका दाबेदार माधव प्रसाद पाण्डेको नेतृत्वमा एमाले, काँग्रेस र राप्रपा परित्याग गरी २० हजार नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।धेरै नेता कार्यकर्ता काठमाडौ आउन नभ्याएकोले स्थानिय तहमा नै प्रवेश गरेका छन ।

 

 

नव प्रवेशीहरु मध्ये पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।यसै गरी एमालेकै रौतहट जिल्ला नेता सञ्जीव कुमार शाहको नेतृत्वमा मधेश प्रदेशबाट ५ हजार कार्यकर्ताहरु माओवादी प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।प्रचण्डले सो कार्यक्रममा परिवर्तन उल्ट्याउन खोज्नेहरु बिरुद्ध शसक्त भएर उभिनु पर्ने आवस्यकता रहेको भन्दै नवप्रवेशीहरुलाई पार्टीले उचित जिम्मेवारी दिने बताए ।

 

 

 

उनले देश र विकासको पनि नेतृत्व माओवादीले मात्रै गर्न सक्ने भन्दै मधेशी, थारु, आदिवासी, दलित, महिलाको हक र अधिकार माओवादी आन्दोलनकै कारण संभव भएकाले देशको विकास र नेतृत्वका लागि माओवादीलाई साथ दिन अपील गरे ।काठमाडौं ।

 

 

 

 

निर्वाचन आयोगले राजनीतिक दललाई मात्रै होइन तिनका भातृ संगठनलाई आचारसंहिता लागू गरेको छ ।नजिकिँदै गरेको स्थानीय तह निर्वाचन लक्षित आचारसंहिता जारी गरेको हो ।

 

 

 

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ जारी गर्दै राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण जारी गरेको हो ।राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण जुलुस,

 

 

 

आमसभा, कोणसभा बैठक एवम् भेला गर्दा पालना गर्नुपर्ने आचरण: राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला एवम् निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्य गर्दा देहायका आचरण पालना गर्नु पर्नेछ(क) जुलुस, आमसभा, कोणसभा बैठक एवम् भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने

 

 

 

र कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने(घ) जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपड़ा, टोपी वा क्याप, भेष्ट, टिसर्ट

 

 

 

, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने, तर उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान (बायोडाटा) को विवरण खुलाई वितरण गर्न बाधा पर्ने छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय