बुधबार , बैसाख १२, २०८१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चौतर्फी विषयवस्तुमा ज्ञान राख्न उत्सुक हुन्छन् । त्यति मात्रै होइन उनी राजनीतिमै पनि डायनामिक हुनुपर्छ भन्ने एक उदाहरण हुन् ।

 

 

केही समय अघि गोदावरीको अडिटोरियममा युवापुस्ताहरुसँग समक्ष दिनभरी अन्तरक्रिया गरे । त्यो कुनै अन्य नेताहरुले गरेका थिएनन् । कुनै विशेष केही नभइ पनि उनले युवाहरुलाई सुन्न खोजे ।

 

 

यसले उनी युवाहरुको मागप्रति कति सचेत छन् भन्ने पनि देखाउँछ ।ओलीको जन्म बुबा मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा भएको हो। ओलीले औपचारिक शिक्षा एसएलसीसम्म पढेका छन्।

 

ओलीले तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट औपचारिक पढाइ सुरु गरेका थिए। उनको परिवार २०२२ सालमा बसाईं सरेर झापा झरेको हो।

 

 

डेढ वर्षकै उमेरमा आमा गुमाएका ओलीको बाल्यकाल कष्टपूर्ण बित्यो२०२३ सालदेखि राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर भूमिगत भएका थिए।

 

 

कम्युनिस्ट पार्टीको सदस्यता लिएकै वर्ष ओली पञ्चायत विरोधी आन्दोलनमा सहभागी भएको नाममा पक्राउ परे। उनले निरन्तर १४ वर्ष जेल जीवन बिताए।नेता ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख भए।

 

 

२०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा ६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभा चुनावमा झापा ७ बाट पराजित भए।

 

 

सोही क्षेत्रबाट ओलीले २०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी हासिल गरे।त्यसपछि भने ओली नेपालको राष्ट्रिय राजनीतिमा चर्चामा रहे।

 

 

लामो राजनीतिक यात्राका क्रममा ओलीले गृहमन्त्री, परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। ओली एमाले अध्यक्ष हुन्।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय