आइतबार , मंग्सिर १८, २०७९

९ मंसिर, सल्यान Manoj Dangi
ढाकाडामी युवा संजाललाई युवा नेता विशाल सिँहले ड्रेस वितरण गरेका छन् । विपी विचार राष्ट्रिय समाज सल्यानका जिल्ला सदस्य समेत रहेका नेता सिँहले १२० पीस ड्रेस तथा १० हजार १५० रुपैयाँ आर्थिक सहयोग गरेको ढाकाडामी युवा संजालका सचिव डिल्ली हमालले जानकारी दिए । यसरी सहयोग पाएपछि युवाहरू खुसी भएका छन् । संजालका सचिव डिल्ली हमालले सहयोग प्राप्त भएपछि हौसला तथा जिम्मेवारी थपिएको र समाज परिवर्तन प्रति झन चासो बढेको बताए । समाजमा भइरहेका भ्रष्टाचार, बलात्कार, अनियमितता,घुसघोरी,कालोबजारी, गरिब, किसान र मजदुरहरु माथि भइरहेको अन्यायका विरुद्ध आफुहरु सशक्त भएर लाग्ने उनको भनाइ छ । २०७७ साल भदौ २८ गते गठन गरिएको संजाल यहाँको खेल क्षेत्रको विकास र समाज रुपान्तरणको लागि सक्रिय रहेको छ ।
नेता सिँहले यसअघि पनि दलित तथा विपन्न बर्गका समुदायलाई खाद्यान्न वितरण गरेका थिए । सिँह नेपाल तरुण दल दार्मा सल्लाहकार पनि रहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय