बिहिबार , चैत्र १५, २०८०

गुल्मीमा पत्नीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । मदाने गाउँपालिका–४ निवासी २४ वर्षीय महिलाले आफ्नै पतिविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी हुन् ।

 

ती महिलाको जाहेरीका आधारमा प्रहरीले निजका पतिलाई नियन्त्रणमा लिएको छ ।

 

 

 

ईलाका प्रहरी कार्यालय पुर्कोटदहले पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरी अनुसन्धान गरिरहेको गुल्मीका

 

प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ । स्थानीयवासीका अनुसार उनीहरुको २०६८ सालमा विवाह भएको हो ।

 

 

 

सो दम्पतीका दुई सन्तान छन् ।प्रहरीका अनुसार ती महिलाले आफ्नो पतिले डर–धाक, धम्की देखाई पटक पटक आफ्नो ईच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको जाहेरीमा उल्लेख गरेकी छन्

 

 

 

। उनको जाहेरीका आधारमा वैवाहिक जवर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको डिएसपी खरेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय