शुक्रबार , चैत्र १०, २०७९

बर्दिया,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

बर्दिया स्थित बढैयाताल गाउँपालिकाले “जनतासँग पालिका” नामक कार्यक्रमको थालनी गरेको छ। यस कार्यक्रम बढैयातालका गाउँपालिकाका जनताहरूको चासो ,गुनासो ,समस्याहरू सुन्नका लागि आरम्भ गरिएको हो भनेर गाउँपालिका उपाध्यक्ष दिपा गौतम ज्यूले बताउँनु भएको छ।

यस जनतासँग पालिका कार्यक्रम अन्तर्गत पालिकाका अध्यक्ष, उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत, आवश्यकता अनुसार विभिन्न शाखाका प्रमुखहरू सम्बन्धित वडाको भ्रमण गर्ने र त्यस वडामा अहिले सम्म गाउँपालिकाले सम्पादन गरेको कार्यक्रममा जनताका के कस्ता सकारात्मक अथवा नकरात्मक गुनासोलाई सुन्ने ,त्यसता समस्याको टिपोट गर्ने र सकेसम्म हालै समस्या लाई समाधान तर्फ डोराउने यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको जानकारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले दिनुभएको छ। यस कार्यक्रम बढैयाताल गाउँपालिकाका सम्पूर्ण वडामा सञ्चालन हुनेछ ।

यस कार्यक्रममा पहिलो चरण भने आज मङ्सिर ९ गते वडा नं ९ को जनताको गुनासो सुन्नका लागि बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ , उपाध्यक्ष दिपा गौतम,प्रमुख प्रशासकीय अधिकृत सहितको टोली सोही स्थलमा पुगेका थिए। उक्त वडामा आज सञ्चालन गरिएको जनता सँग कार्यक्रममा खानेपानिका समस्या, बिजुलीका समस्या, बाटोघाटोको समस्या, सुकुम्बासीको समस्या, टेलिफोन टावरका समस्या ,शिक्षा, स्वास्थ्य, सञ्चार क्षेत्रमा जनताहरूको पहुँच जस्तै विभिन्न समस्या जनताले व्यक्त गरेका थिए भने अब आज उठेका विषय बस्तुको अध्यन गरि कसरी समाधान गर्न सकिन्छ भनेर गाउँपालिकाले एउटा ढाँचा तय गरेर समस्याको समाधान खोजी गर्ने र सामान्य समस्याहरुलाई भने तत्काल समाधान गर्ने प्रतिबद्धता सहितको जानकारी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय