शनिबार , बैसाख ८, २०८१

 

मंसिर ९ बैतडी
बैतडीमा बस दूर्घटना भएको दुःखद घट्ना बिर्सन नपाउदै पुनः अर्को दूर्घटना भएको छ । बैतडीको झुलाघाँटबाट सदमुकाम गोठालापानी आउँदै गरेको ना १ ज २१९६ को जिप बैतडीको बुड्डा भन्ने ठाँउमा करिब अढाई बजे दुर्घटना भएको थियो । दूर्घटनामा परि पाँच जनाको घट्ना स्थलमै मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार दूर्घटना परि मृत्यु हुनेमा दशरथचन्द नगरपालिका वडा नम्बर ७ का पार्वति चन्द वडा नम्बर ४ का भगीरथ पाण्डे, वडा नम्बर २ का कृष्ण लावड, वडा नम्बर ७ कै पार्वति चन्द र सुर्नयाँ ४ का कलावती चन्द रहेका छन् । जिप दूर्घटनामा परि रविन्द्र चन्द, खगेन्द्र जोशी, कृष्णानन्द भट्ट, प्रदिव लावड घाइते भएको बताईन्छ । घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताला बैतडी ल्याइएको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरिक्षक नारायण अधिकारीले जानकारी दिए। जिप दूर्घटना पछि चालक फरार रहेका छन् । जिप दुर्घटनाको कारण बारे जानकारी भएको छैन । घट्नाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय