शुक्रबार , बैसाख ७, २०८१

इश्वर बिश्वकर्मा
दोलखा  मंसिर ९    November  २४                            दोलखाको प्राचीन, ऐतिहासिक मन्दिर जय भीमेश्वर मन्दिरको शिलामा फेरी पसिना आएको छ । मंगलवार दिउँसो १ :४३ बजेदेखि भीमेश्वरको शिलामा पसिना आउन सुरु भएको हो । शिलामा पसिना आउने क्रम जारी रहेको वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले बताए ।
भीमेश्वर मन्दिरको शीलामा १८ औं पटक ‘पसिना’ आएको हो । भीमेश्वरको चट्टान (शिला) को विभिन्न भागमा पानीको थोपा निस्कँदै झर्ने क्रमलाई ‘पसिना’ आएको विश्वास गरिन्छ । सकारात्मक वा नकारात्मक परिवर्तन, अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गर्छन् । शिलामा आएको पसिना कपासले पुछ्दै दर्शनार्थीहरुलाई दिने गरिन्छ । तर यसपटक कोरोना महामारीका कारण मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप रोक लगाईएको समयमा मन्दिरको शिलामा पसिना आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय