बिहिबार , चैत्र १५, २०८०

दाङ मंसिर ९
दाङ देउखुरीमा आफ्नै हजुरआमालाई नातीले हत्या गरेका छन् । गढवा गाउँपालिका १ चिसापानी बस्ने २८ वर्षीय जीवन घर्तीले आफ्नै हजुर आमा ८४ वर्षीया केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेको अभियोगमा उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । मानसिक सन्तुलन गुमाएको बताइएका जिवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजु समेत ५ जनालाई घरमा सुतिरहेको अवस्थामा एक्कासी चिर्पटले टाउकोमा हानी घाइते बनाएका थिए । उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको प्रहरीले जीवनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी केशरी घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटबाट सामान्य घाइते भएका उनका दाजुको स्थानीय स्वास्थ्य केन्द्रमा र गम्भीर घाइते भएका अन्य ३ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय