बिहिबार , चैत्र १५, २०८०

काठमाडौं २४ असार । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपालको भारतसँगको पृथक सम्बन्ध रहेकाले तारबार लगाउनु व्यवहारिक नभएको संंकेत गरेका छन् ।

 

बिहिबार नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुधारका क्षेत्रहरु विषयक सेमिनारको समापनमा सहभागी भएका उनले गुड फेन्सेस मेक्स गुड नेबर अर्थात् राम्रो बारले असल छिमेक निर्माण गर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

 

तारबार लगाउने प्रचलन रहेपनि नेपालको भारतसँगको पृथक सम्बन्धका कारण तरिकाले तारबार लगाउनु व्यवहारिक नभएको बताएका थिए ।

 

नेपालको छिमेकी देशहरुसँगको विशिष्ट सम्बन्ध र सीमाका आफ्नै विशिष्टता र जटिलताबारे जानकारी दिएका उनले भनेका थिए , ‘गुड फेन्सेन मेक्स गुड नेबर भन्ने भनाई रहेतापनि अन्तर्राष्ट्रिय सम्बन्धहरुको परिदृष्यमा अन्तर्राष्ट्रिय सिमाका आ आफ्नै विशिष्टता तथा जटिलता रहने गरेको सर्वविदितै छ ।’

 

सेनापतिले उत्तरतर्फ रहेको राजनैतिक संवेदनशीलता तथा दक्षिण तर्फ रहेको खुला सिमानाले सीमा व्यवस्थापनलाई थप जटिल बनाएको बताएका उनले भारतसँगको साँस्कृतिक सम्बन्धको विशिष्टताबारे समेत ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

 

खुला सिमानाका कारण सीमापार अपराधिक गतिविधि,आतंकवाद तथा गैरकानूनीआप्रवासीहरुको घुसपैठ हुनसक्ने सम्भावना रहेकाले सीमा क्षेत्रमा हुने अवान्छनिय गतिविधिको निगरानी तथा नियन्त्रणमा शर्माले जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय