शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहारबाट मृत्यु भएको छ । शुक्रबार विहान ११ ः ३० बजे जापानको पश्चिमी क्षेत्र नारामा चुनावी सभालाई सम्बोधन गर्दैगर्दा गोली लागेर घाइते भएका उनको हस्पतालमा मृत्यु भएको हो ।

 

एक जना व्यक्तिले पछाडीबाट हानेको गोली लागे लगत्तै उनलाई उपचारका लागि हेलिकप्टरबाट अस्पताल लगिएको थियो । गोली हान्ने ४१ वर्षका संदिग्धलाई प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको छ । जापानको सरकारी प्रसारक एनएचकेका अनुसार संदिग्ध आक्रमणकारी, पूर्व प्रधानमन्त्री आबेसँग निराश थिए । उनले हत्या गर्ने उद्देश्यले नै गोली चलाएको प्रहरीले जनाएको छ ।

 

 

Ads By Admana

एनएचकेका अनुसार ४१ वर्षका तेत्सुया यामागामीले आक्रमण गरेका हुन् । आक्रमणकारी खैरो टी–शर्ट र ट्राउजरमा थिए । रक्षा मन्त्रालय स्रोतलाई उध्रित गर्दै एनएचकेले भनेको छ, ‘संदिग्ध सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य हुन् । तीन वर्ष (२००५सम्म) काम गरेका उनले ह्याण्डमेड गनबाट गोली चलाएका हुन् ।’

 

सभामा सहभागी रहेका आबेको दल डेमोक्रेटिक लिबरल पार्टीका पदाधिकारीले १० मिटरको दूरीबाट गोली प्रहार भएको बताए । उनका अनुसार गोली हानेपछि ती आक्रमणकारी शान्त थिए र भाग्ने प्रयास गरेका थिएनन् ।

 

आमसभामा उपस्थित ५० वर्षीया महिलाले एनएचकेसँग भनिन्, ‘म आबेको भाषण सुनिरहेको थिए । त्यहीबेला देखेँ कि हेलमेट लगाएका एक व्यक्तिले दुई गोली हाने । दोस्रो गोली लागेपछि आबे ढले । उक्त व्यक्तिलाई तत्काल गिरफ्तार गरियो ।’

 

प्रहरीले पक्राउ गरेका व्यक्तिको घरबाट अरु घरेलु हतियार पनि फेला परेको छ । ती हतियार आबेमाथि गोली हान्न प्रयोग भएका हतियार जस्तै छन् । आबेको कार्यक्रमबारे ती आक्रमणकारीले कसरी थाहा पाए भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । किनकी आबेको कार्यक्रम गएराति मात्र आकस्मिक रुपमा तय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय