हङकङ आ’गलागीमा परेर ग’म्भीर घा’इते भएकी १८ वर्षीया सुरेखा कँडेलको पनि नि’धन हङकङ, हङकङमा गत आइतबार राति भएको आ’गलागीमा परेर ग’म्भीर घा’इते भएकी १८ वर्षीया सुरेखा कँडेलको शुक्रबार साँझ नि’धन भएको छ। हङकङको जोर्डनस्थित नेपाली रेष्टुरेन्टमा गत आइतबार राति भएको आ’गलागीमा ज्यान गु’माउने सुरेखा आठौं नेपाली हुन्। आ’गलागीमा परेका ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राज बाबु नेपाल, ९ वर्षीय रायन नेपाल, ३२ वर्षीया अनिता निरौला, ३९ वर्षीय शेरबहादुर गुरुङ र ४० वर्षीया विनिता तामाङको त्यहि रात ज्यान गएको थियो।

आ’गलागीमा परेर ११ जना घा’इते भएका थिए। आगलागीमा परेर गम्भीर घाइते भएकी सुरेखाको उपचार जोर्डनकै क्वी’न ए’लिजावेथ अस्पतालमा भइरहेको थियो। घ’टना भएको पाँच दिनपछि शुक्रबार साँझ उनको नि’धन भएको हो। सुरेखाको मृ’त्युसँगै यो घ’टनामा एउटै परिवारबाट ज्यान गु’माउनेको संख्या पाँच पुगेको छ। तीन वर्षीय छोराको जन्मदिन मनाउन भेला भएका बागलुङका युवराज कँडेलको परिवारका उनीसहित उनकी छोरी कृतिका, ज्वाइँ राजबाबु नेपाल र भान्जा रायन नेपालको त्यहि राति ज्यान गएको थियो। सुरेखा युवराजका भाइ कृष्णबहादुर कँडेलकी छोरी हुन्।

ग’म्भीर अवस्थामै रहेका कृष्णबहादुर कँडेल र उनकी श्रमति देविका कँडेलको पनि क्वीन ए’लिजावेथ अस्पतालमै उपचार भइरहेको छ भने १३ वर्षीय छोरा सालिग्राम कँडेल चाइ वान अस्पतालमा उपचाररत छन्। अस्पतालमा उपचार गराइरहेकामध्ये तीन जना अझै चि’न्ताजनक अवस्थामा छन् भने ६ जनाको अवस्था स्थिर रहेको छ। एक जना उपचारपछि घर फर्केका छन्। हङकङमा करिब ४० हजार नेपाली स्थायी रुपमा बसोबास गर्दै आएका छन्। आठ जनाको ज्यान लिएको यो घटना हङकङका नेपालीबीच अहिलेसम्मकै सबैभन्दा दुखद घ’टना मानिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय