बुधबार , बैसाख १२, २०८१

काठमाडौं
प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने कुरा बाहिर आएको बताएका छन्। आफ्नै पार्टीभित्रबाट नै आफूलाई दुबै पदबाट हट्न भनिएको छ। आखिर किन यस्तो? यदि मैले पनि पार्टीका
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि अब तपाईं हट्नुस भने के हुन्छ भन्दै प्रश्न समेत गरेका थिए।

बुधबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले आफ्ना कुरा खुलाएका थिए।
प्रधानमन्त्री ओलीले भने यस्ता खालका आरोप लाग्दालाग्दै पनि अब अध्यक्ष वा प्रधानमन्त्रीका रूपमा जिम्मेवारी पदमा बस्न नमिल्ने पनि प्रधानमन्त्री ओलीले बताए। अब यी आरोपमाथि छलफल गर्नुपर्ने ओलीले बताएका छन्।

मलाई  लगाइएका आरोपको पहिले छिनोफानो गर्नुपर्ने यदि आरोप सही ठहरिए जिम्मेवारीबाट हट्नुपर्ने र नभए आरोप लगाउनेले यसको जिम्मेवारी लिनुपर्ने समेत प्रधानमन्त्री ओलीले बताएका छन्।

यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोप पत्रलाई म पूर्ण रूपमा अस्वीकार गर्छु। त्यसको म यथोचित जवाफ लिखित रूपमा नै प्रस्तुत गर्नेछु प्रधानमन्त्री ओली।

अहिले मेरो राजनीतिक जीवन सिध्याउने खेल भइरहेको छ। यस्ता खालका आरोपलाई साच्चै सही मान्ने र नभएका कुरालाई भएको बनाएर मेरो राजनीतिक जीवन उथलपुथल बनाउनेले यो गरून् की म माथि लागेको आरोप कतिको सही छ, छैन। यदि सही भएमा दुवै पदबाट राजीनामा दिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय