बुधबार , बैसाख १२, २०८१

काठमाडौँ ।

 

मकै बेच्ने दम्पतीको ठेला उठाएर आफ्नो बदनाम गरेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ठेला उठाउने नगर प्रहरीमाथि एक्सन लिएका छन् । नगर प्रहरीले मागेको ५ हजार घुस नदिएपछि ठेला उठाएको समाचार आएपछि मेयरबालेनले सईलाई स्पष्टीकरण सोधिर एक्सन लिएका हुन् । बालुवाटारमा ठेलामा मकै बेच्ने सिन्धुपाल्चोकका चेतेन्द्र आचार्य दम्पतीसँग ५ हजार रुपैयाँ मागेको आरोप लागेपछि महानगरले स्पष्टिकरण सोधेको हो । आचार्य दम्पतीले नगर प्रहरी राजन श्रेष्ठले ५

 

हजार रुपैयाँ मागेको आरोप लगाएका थिए । मिडियामार्फत उनीहरूले जसलाई आरोप लगाएका छन्, हामीले छानबिन थालेका छौं,’ महानगरका सहायक प्रवक्ता महेशकुमार काफ्लेले भने, ‘ती कर्मचारीलाई स्पष्टीकरण सोधेका छौं ।’ जवाफ आएपछि थप छानबिन

 

अघि बढ्ने उनले बताए । नगर प्रहरीले फुटपाथ व्यापारीसँग मासिक कम्तीमा ५ सय लिने गरेको आरोप लाग्ने गरेको छ । घूस मागेको घटना बाहिर आएपछि महानगर प्रहरी प्रमुख धनपति सापकोटाले आचार्य दम्पतीलाई थप कारबाही गर्ने धम्की दिएको समाचार पनि

 

आएको छ । ती दम्पतीलाई थप कारबाही गर्ने विषयमा भने छलफल नभएको काफ्लेले बताए । आचार्य दम्पतीले शुक्रबार सडकछेउ मकै बिक्री गर्दैगर्दा नगर प्रहरीले रिक्सासहित उठाएर लगेको थियो । पत्रकार सृष्टि काफ्लेले उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा राखेपछि

 

महानगरको चौतर्फी विरोध भएको थियो । ‘सामान उठाएपछि रिसइबीले त्यस्तो बोलेको हो वा वास्तविक के हो ? हामीले छानबिन गरिरहेका छौं,’ काफ्लेले भने । महानगरको नीतिअनुसार फुटपाथ

पैदल यात्रुले हिँड्न बनाइएकाले व्यापार गर्ने थलोका रूपमा प्रयोग गर्न

 

नहुने काफ्लेले बताए । ‘सडक र फुटपाथ व्यापार गर्ने ठाउँ होइन भन्नेमा महानगर प्रस्ट छ,’ उनले भने, ‘महानगरको नीतिविपरीत गर्नेलाई कारबाही गर्दै आइरहेका छौं । बालुवाटारमा आचार्य दम्पतीको पनि यही भएको हो । काठमाडौं महानगरमा फुटपाथ तथा सडक

 

व्यापारी र नगर प्रहरीबीच लुकामारी नै हुने गरेको छ । नगर प्रहरी नहुँदा निर्बाध सडकमै व्यापार हुने भए पनि प्रहरी पुग्नेबित्तिकै पोका पारेर भागाभाग हुन्छ । नगर प्रहरी फर्कनेबित्तिकै फेरि व्यापार सुरु गर्छन् । फुटपाथमा व्यापार गर्नेलाई निश्चित ठाउँमा व्यवस्थापन गरेर

 

रोक्नुपर्ने माग हुन थालेको छ । नगर प्रमुख बालेन्द्र शाहको घोषणापत्रमा पनि फुटपाथ व्यापारलाई व्यवस्थित बनाउने उल्लेख छ । घर भत्काएर फुटपाथ बनाएका काठमाडौं उपत्यकाका स्थानीयले सडक

 

र फुटपाथमा व्यापार व्यवस्थित गर्न माग गरेका छन् । यसैबीच, आचार्य दम्पतीको गाडा नगर प्रहरीले लगेको भिडियो बाहिरिएसँगै स्वदेश तथा विदेशबाट सहयोग जुट्न थालेको छ । सिन्धुपाल्चोकका नेता मोहन बस्नेतले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । अन्य तीन

 

जनाले ४० हजार सहयोग गरेका छन् । तीन जनामध्ये अमेरिकाबाट २० हजार, अर्को दुई जनाबाट २० हजार रुपैयाँ सहयोग पाएको चेतेन्द्र आचार्यले बताए । ‘एक जनाले रिक्सा किनिदिन्छु भन्नुभएको छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय