बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

जनार्दन शर्मा को कारण देउवाले दिने भए प्रधानमन्त्री बाट राजिनामा केपी ओली नै बन्दै प्रधानमन्त्री हेर्नुहोस भिडीयो सहित्

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टाराईले संघिय चुनावमा बहुमत ल्याएर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने बताएका छन् । संघिय चुनावमा नेकपा एमालेले बहुमत ल्याउने र केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनाउने दाबी गरेका छन् ।

 

केपी शर्मा ओलीको पार्टी अध्यक्षको रुपमा यो नै अन्तिम कार्यकाल भएको र एघारौं महाधिवेशनपछि नेकपा एमाले पार्टीको नेतृत्व नयाँ युवा पुस्ताहरु आउँने उनले बताए ।

 

ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रममा पत्रकार प्रकाश गिरीसँगको कुराकानीमा उनले भने– ‘उहाँ ९केपी शर्मा ओली० बन्नु हुन्, उहाँँ बन्न ईच्छुक हुनुहुन । अब ढुक्कको साथ म भन्न सक्छु । अब त्यो बन्नुपर्छ भन्ने पक्षमा हामी नै हुदैनौ । उहाँलाई हामीले नेता मानेका छौं । सधै भरी मानेका छौं । उहाँ बस्नु नि हुन्न । उहाँको इच्छाले राखेको हो ।

 

हामीले ७० वर्ष उहाँँको अन्तिम कार्यकाल हो र यो चुवानपछि बहुमतको सरकार बनाएर हामी प्रधानमन्त्री बनाउछौं । उहाँले मज्जाले काम गर्नु हुन्छ । देश बनाउने उहाँलाई धेरै हुट–हुटि छ । दुष्टिकोण छ, भिजन छ र काम गर्ने इच्छा शक्ति छ । त्यसकारणले गर्दा त्यो ठाउँमा उहाँलाई हामी पु¥याउछौं । पार्टी नेतृत्वको हकमा नँया पुस्तामा जान्छ नेकपा एमाले । आगमी एघारौं राष्ट्रिय माधिवेशनबाट हामी जसरी ७० वर्ष अहिले लागु भा छ, त्यसलाई लागु गछौं र युवा पुस्तामा नेतृत्व हुन्छ ।

 

कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउन नसक्ने उनले ‘वामदेव गौतम’ खोलेको पार्टी ‘बिजनेस’ गर्नको लागि खोलिएको र उनले गर्दा नै कम्युनिष्ट पार्टी फुटेको दाबी गरेका छन् ।

 

नेकपा एमालेले ७४ सालको चुनावपछि धोका पाएकोले यो व्यवस्थामा कुनै दलसँग चुनावमा तालमेत नगरी आफ्नै खुट्टामा उभिएर कसैको बैशाखी नटेकी चुनावमा एक्लै जाने र बहुमत ल्याएर नेपालको राष्ट्रिय राजनीतिमा बलियो पार्टीको रुपमा स्थापीत हुने बताए ।

 

प्रचण्डले पार्टी भित्र भएका सबैलाई दास बनाएर दुःख दिने भएकोले गर्दा उनीसँग कोही मान्छे पनि टिक्न नसक्ने र प्रचण्डले एमालेमा बिउ रोपेको छु भन्नु एमाले पार्टी भित्र खेल्न खोजेको र विवाद मच्चाएको छु भन्न खोजेको तर आफुहरुले बिरुवा नै उखेलेर ल्याएको र एकजना पनि आफ्नो कार्यकर्ताहरु माओवादीमा नभएको उनले बताए ।

 

प्रचण्डको उदेश्य भनेको नेपालको बलियो वाम पन्थीलाई कमजोर पारेर समाप्त गर्ने भएको र सत्ताको लागि कांग्रेसको बैशाखी टेकेर हिडेको बताएका छन् ।

 

अबको चुनावपछि एमाले सानो पार्टी हुन्छ भनेर कल्पना पनि नगर्दा हुन्छ, कसैको साहारामा हिड्दैनौं, माधब नेपालसँग लोकतान्त्रीक चरित्र छैन्, त्यसैले अहिले पार्टी एकताको सम्भावना पनि छैन् ।

 

प्रचण्ड र मावध नेपालले संघको चुनावमा एक्लै लड्ने हो भने एक सिट पनि नल्याउने र आफुहरु एकलै चुनाव लडने, केपी ओली जस्तो नेता अरु कोही पनि नभएको बताएका छन् ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपाल एक्ला–एक्लै लड्ने हो भने एक सिट पनि ल्याउँदैनन् । हामी एक्लै चुनाव लड्छौं, केपी शर्मा ओली जस्तो नेता अरु कोही पनि छैन्, उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय