मंगलबार , बैसाख ४, २०८१

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन् ।

 

२०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा मेयरकी उम्मेदवार घोषणा गरेकी दर्शनाले शुक्रबार राती काठमाडौँ–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।

 

‘तपाईंहरूले विभिन्न माध्यम बाट आउने सङ्घीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ,’ शुक्रवार राती गरेको घोषणामा भनेकी छिन्, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु । ’

 

यो पनि हेर्नुहोस, जहाजमा उड्ने, महलमा बस्नेले पनि हिलोमा फलेको चामल र गहुँ नै खाने हो : अध्यक्ष ओली

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि उत्पादन बढाउने नीतिलाई अघि बढाउन जोड दिएका छन् । शनिवार काठमाडौँमा अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले किसानसँग थोरै जमिन भए पनि धेरै फल्ने पद्धति अपनाएर अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

 

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने–‘सबैभन्दा कम प्रतिफल दिने क्षेत्र कृषि क्षेत्र नै हो । खानेकुरा जस्तो बस्तु उत्पादनको नाफा नोक्सानको हिसाब राख्नै हुँदैन ।

 

कृषि भनेको यस्तो पेसा हो जुन सामान्य व्यक्तिदेखि ठुला बढा व्यक्तिमा पनि समान महत्त्व छ । सानोमा मैले एउटा कविता पढेको थिएँ । ‘पैसा चपाइन्न र अन्न पानी, चाहिन्छ डोको सय थाप दानी’ एउटा डोको भन्ने कविता थियो । त्यसमा पैसा चपाइन्न र अन्न पानीका लागि कृषिमा लाग्नुपर्छ भनिएको थियो ।’

 

उनले कृषिको महत्त्व प्रकाश पार्दै भने–‘हामी हवाईजहाजमा हिँड्ने हो, हामी महलमा बस्ने हो, हामी हिलामा बस्ने हैनौँ जे भने पनि त्यही हिलोमै फलेको चामल नभई हुँदैन, त्यही हिलोमा फलेको गहुँ नभई हुँदैन । बाँच्नका लागि अन्न चाहिन्छ ।

 

यति महत्त्वपूर्ण कुराको हामीले उत्पादकत्व बढाएर लान सक्छौँ त्यो सोच्न आवश्यक छ । अर्को हामीले ल्याएको सुपरजोनको कन्सेप्ट जसले ठूलो परिणाममा एकै प्रकारका उत्पादनलाई बजारीकरण गर्न सकियोस् भन्ने हो ।’

 

उनले एक दुई केजी खुर्सानी उत्पादन बिक्री गर्न समस्या हुने तर सयौँ ट्रक उत्पादन गरे विश्व बजारमा बिक्री गर्न सकिने बताए ।

 

उनले जुम्लाको स्याउ बिक्री भएन भन्ने गुनासो हराएको भन्दै सडकका कारण बजारीकरणमा सहयोग पुगेको बताए । राम्रो स्याउ बजारमा बिक्री गर्न सकिने र केही बिग्रेकोलाई वाइन उत्पादनमा प्रयोग गर्न सकिने बताए ।

 

उनले कृषिलाई उद्योगसँग जोडेर लैजानुपर्नेमा जोड दिए । उनले जुनसुकै कृषि कर्मलाई ठूलो मात्रामा लगाउँदा धेरै प्रतिफल लिन सकिने बताए ।

 

कृषिमन्त्रीलाई ओलीको कटाक्ष : झण्डा हल्लाऊ, भत्ता खाऊ भनेर मन्त्री बनाएको कि किसानलाई मल दिन ?

 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

 

शनिवार काठमाडौँमा एमाले निकट किसान महासङ्घले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गाउँ घरमा भन्ने भनाई ‘देख्दाको डाल, ढिँडाको काल’ देख्दा ज्यान ठूलो छ, ढिँडो खान्छ यत्ति धेरै काम चाहिँ केही हुँदैन भन्दै कृषिमन्त्रीलाई कटाक्ष गरे ।

 

ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गरे पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनि कृषिमन्त्री यादवलाई प्रश्न समेत गरे।

 

उनले भने–‘दुनियाँमा कृषि मन्त्रीले मल नदिने हो भने तत्काल राजीनामा गर्नुपर्छ । के हेरेर बसेका छन् ।

 

मन्त्रीले के हेरेर बस्यो, सरकारले के हेरेर बस्यो ? मुख्य काम कृषि क्षेत्रलाई हेर्नुपर्ने, मन्त्री बनाएको झण्डा हल्लाऊ, भत्ता खाऊ भनेर मन्त्री बनाएको कि किसानलाई मल देऊ भनेर, विउ विजन देऊ भनेर, पशु पक्षीको आधुनिक नस्ल सुधार गर भनेर कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि गर भनेर हो कि झण्डा हल्लाऊ भनेर हो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय