बिहिबार , बैसाख १३, २०८१

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री बन्न चाहेको भन्दै आफूसँग अब देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताएका छन् ।

 

नेपाल पर्वतारोहण संघको नवनिर्वाचित नेतृत्वलाई पदभार हस्तान्तरण समारोहमा प्रचण्डले विगतमा आफूले गरेका प्रयासलाई सार्थक बनाउन चाहेको बताए ।

अध्यक्ष प्रचण्डले भने– अहिले तपाईँहरूले अबको प्रधानमन्त्री भन्नुभयो ।

 

तपाईँहरूको आशीर्वादले तेस्रो पटक देशको नेतृत्व गर्ने मौका पाएँ भने देशलाई नयाँ युगतिर लैजाने,अहिलेका तमाम विकृतिमाथि प्रहार गर्दै समृद्धिको यात्रामा लैजाने सपना मेरो मनभित्र छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय