मंगलबार , बैसाख ४, २०८१

काठमाण्डौं ।

 

महानगरपालिकामा उम्मेदवारी घोषणा गरेको दिनदेखि नै बालेन्द्र साहको समर्थनमा रहेका पूर्वसचिव भीम उपाध्याय एकाएक उनको विपक्षमा देखिएका छन्। महानगरपालिकाले मंगलवारदेखि लागु हुनेगरी

 

खुल्ला सडकमा खानेकुरा बेच्न निषेध गरेपछि उपाध्याय फायर भएका हुन् । महानगरको यो निर्णय मानवता विरोधी, गरिवमारा, हैकमवादी र निर्दयी भएको भन्दै उपाध्यायले आलोचना गरेका छन् । यो निर्णय

 

तुरुन्त सच्याउन पनि उनले माग गरेका छन् । ‘महानगरहरूले गरेका मानवताबिरोधी, गरिबमारा, हैकमबादी, निर्दयी निर्णय तुरून्तै फिर्ता लेउन१’ उनले फेसवुकमा लेखेका छन्–‘सडकमा खानेकुरा बेचेर

 

जिविका चलाउने गरिबहरूमाथि प्रतिवन्ध लगाउने महानगरपालिकाहरूले के अब उनीहरूको जहान, परिवार, बालबच्चा पनि पालिदिन्छरु के भत्ता दिन्छरु यसरी बलात अकस्मात पेटमा लात हान्न कसरी सकेका

 

होलानरु यति अमानवीय निर्दयी निर्णय सोच्दै नसोची कसरी कुन आत्माले गर्न सकेका होलान्, मानव भएररु’ उनी यतिमा मात्रै रोकिएका छैनन् । निर्णकर्ताको घरमा फालाफाल सम्पत्ति होला तर

 

सडकमा जिविका चलाउने गरिवलाई कुन नैतिक्ताले रोकेको हो रु भन्दै उनले प्रश्न पनि गरेका छन् । ‘तपाईहरूको घरमा फालाफाल धनसम्पत्ति होला तर सडकमा जिविका चलाउने गरिबहरूलाई कुन

 

नैतिकता र मानवताले रोकेको होरु’ उनले भनेका छन्–‘के तिनीहरू आफ्नो मानव अधिकरका निम्ति अड्डा अदालत धाउन, वकिल राख्न नसक्ने निर्धन हुन् भनेर हेपेको होरु तुरून्तै फिर्ता लिउन् यस्ता मानवताविरोधी, गरिबको पेटमा लात हान्ने निर्दयी निर्णय। नत्र भने

 

भरणपोषण भत्ता दिउन्। उपाध्यायले यस्ता मानवता बिरोधी गरिबको पेटमा लात हान्ने निर्णयको भर्त्सना पनि गरेका छन् । बजरमा गएर खानु÷नखानु ग्राहकको चेतनाको कुरा भएको भन्दै उनले गरिबको

 

गुजाराका लागि बेच्न प्रतिवन्ध लगाउनु मानवअधिकार र गरिबको रोजगारीको हक बिरोधी काम भएको टिप्पणी गरेका छन् । महानगरपालिकाले भने हैजा नियन्त्रणका लागि भन्दै यस्तो निर्णय

 

गरिएको जनाएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले महानगरपालिकाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लागएको हो । आदेशको अवज्ञा गरे जरिवाना सहित थप कारबाही समेत गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय