बिहिबार , बैसाख १३, २०८१

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनैपर्ने अवस्था आएको छ ।शर्माका लागि अब चाहि खतराको घण्टी बजेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै अर्थमन्त्रीलाई हटाउन पहलकदमी लिएका हुन् ।

 

पदभार ग्रहण गरेका दिनदेखि विवादित काम गर्दै आएका अर्थमन्त्री शर्माले अहिले भने जघन्य अपराध गरेका छन् । शर्माले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिलाई समावेश गरेको विषय पेचिलो बन्दै गएको मात्र छैन् चौतर्फी उनलाई तत्काल बर्खास्त गरेर छानविनको माग भइरहेको छ ।

 

नेकपा माओवादी केन्द्रभित्रै अर्थमन्त्री शर्माको तीव्र आलोचना भइरहेको छ। सत्ता गठबन्धन दल भित्रपनि अर्थमन्त्री शर्माको कार्यशैलीलाई लिएर शीर्ष नेताहरु विभाजित बनेका हुन्।

 

अर्थमन्त्री शर्माले असार १४ गते राति पूर्वनायबसुब्बा रघुनाथ घिमिरेसहित ‘खेताला विज्ञ’राखेर बजेटमा चलखेल गरेको घटनाको खुलासा ३० जेठमा अन्नपूर्ण पोस्ट्ले गरेको थियो। जबकि करका दर र दायरा परिवर्तन गर्दा अर्थमन्त्रीका सल्लाहकारलाई पनि राख्न पाइँदैन। तर, उक्त परिपाटी लत्याउँदै पूर्वनासु घिमिरेलाई राखेर केही व्यापारिक घरानालाई फाइदा र केहीलाई बेफाइदा हुने गरी चलखेल भएको थियो। त्यसबारे अन्नपूर्ण पोस्ट्ले ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो…’ शीर्षक समाचार प्रकाशन गरेपछि मन्त्री शर्माको चर्को विरोध भइरहेको छ।

 

तत्काल सीसीटीभी हेर्न पाउनुपर्ने माग संसद्मै उठ्यो। तर, अर्थमन्त्रीले त्यसलाई टार्दै आएका छन्। मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनपछि सीसीटीभी फुटेज अर्थमन्त्रालयले मेटाएको पत्र सार्वजनिक भएको छ।

 

 

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट सचिव जयप्रसाद पौडेलले अनाधिृकत व्यक्ति प्रवेश गरेको दिन रातीको सीसीटीभी फुटेज माग्दा मेटिएको जवाफ मन्त्रालयबाट आएपछि अर्थमन्त्री शर्मा थप विवादित बनेका छन्।

 

अर्थमन्त्री शर्माले सो घटनाबारे आफ्ना पार्टीका नेता कार्यकर्ताले उठाएको प्रश्नको जवाफ दिन पनि पन्छिन थालेका छन्। कांग्रेस महामन्त्री गगन थापाले प्रतिनिधि सभाको सोमबारको बैठकपछि संञ्चारकर्मीसँग अर्थमन्त्री शर्माले तत्काल राजीनामा दिनुपर्ने नत्र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अधिकार प्रयोग गर्नुपर्ने अभिव्यक्ति दिएका थिए।

 

अर्थमन्त्री शर्माको कार्यशैलीका कारण पार्टी बदनाम हुने भन्दै केन्द्रीय तहका नेताहरुले सरकारबाट फिर्ता बोलाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिन थालेका छन्। मंगलबार बिहानसमेत प्रचण्डले नेताहरु देव गुरुङ, पम्फा भुसाल, देवेन्द्र पौडेललगायतका नेताहरुलाई खुमलटार बोलाएर अर्थमन्त्री शर्माको विषयमा छलफल गरेको स्रोतले बताएको छ।

 

सो बैठकमा अर्थमन्त्री शर्मालाई फिर्ता बोलाएर पार्टी जोगाउने कि पार्टीलाई थप संकटतर्फ लैजाने भन्ने विषय पार्टी नेतृत्वको हातमा रहेको नेताहरुले बताएका थिए।

 

 

 

नेताहरुले पार्टीलाई हुने सम्भावित क्षतिबाट जोगाउन अर्थमन्त्री शर्मालाई तत्काल हटाउन अध्यक्ष स्रोतका अनुसार प्रचण्ड स्वयम् अर्थमन्त्री शर्मालाई सरकारबाट हटाउन चाहन्छन् तर पार्टी र गठबन्धनको आन्तरिक समिकरणले कठिनाइ भइरहेको स्रोतको दावी छ। प्रचण्ड थप दबाबमा हुनुहुन्छ।’

 

 

माओवादी केन्द्रका एक नेताले भने, ‘प्रचण्ड निवासमा बिहान अर्थमन्त्रीबारे छलफल भएको छ। सत्ता सहयात्री दलका शिर्ष नेताहरुले नै प्रश्न उठाएपछि यस विषयमा अध्यक्ष प्रचण्ड गम्भीर हुनुभएको छ।’

 

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्षसँग अर्थमन्त्री शर्माको विषयलाई लिएर पटक–पटक छलफल गरेको बालुवाटार स्रोतले बताएको छ। प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड दुवै जना अर्थमन्त्री शर्मालाई सरकारमा निरन्तरता दिन चाहँदैनन्

 

 

। तर केही व्यवसायीक घरनाको दबाबमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्माबारे निर्णय लिन नसकेको स्रोतले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय