बिहिबार , चैत्र १५, २०८०

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गर्ने तयारी गरेका छन् ।शर्माविरुद्ध चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीले बर्खास्त गर्ने तयारी थालेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

 

गत जेठ १५ मा शर्माले व्यापारिक घरानाका व्यक्तिलाई बजेट निर्माण गर्ने जिम्मेवारी दिएको विषय बाहिरिएको थियो । ठूला व्यापारीका ती प्रतिनिधिहरूले बजेटमा आफूअनुकुल करको दर हेरफेर गर्न भूमिका खेलेको बताइएको छ ।

 

त्यसपछि उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गरी सिसिटिभी फुजेट माग गरेको थियो । तर, अर्थ मन्त्रालयले सिसिटिभी फुटेज मेटिसकेको जवाफ दिएको छ । यसबाट अर्थमन्त्री झनै आलोचित भएका छन् ।

 

सोमबारमात्र गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शर्माको राजीनामा मागेका थिए । यसले गर्दा प्रधानमन्त्री देउवा झनै दबावमा आएको विश्लेषण गर्न सकिन्छ ।

 

यस्तै प्रतिपक्षी एमालेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि अर्थमन्त्री शर्माको विरोध गरिहेका छन् ।घटनाको संसदीय छानबिन गर्न माग गर्दै एमालेले शर्माको राजीनामा माग्दै आएको छ ।

 

सोमबार विपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्मा अर्थमन्त्री मामिलामाप्रधानमन्त्री देउवा निरीह बनेको भन्दै उनको नैतिकता र कार्यक्षमतामाथि नै प्रश्न गरेका थिए ।तर, गठबन्धन ट्ट्ने डरले प्रधानमन्त्री देउवाले अर्थमन्त्री हटाउने एक्लो निर्णय गर्न सकेका छैनन् ।

 

अर्थमन्त्री शर्मालाई के गर्ने भन्ने विषयमा छलफल गर्न देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार बालुवाटार बोलाएका बालुवाटार स्रोतले जनाएको छ ।

 

प्रचण्ड सहमत भए अर्थमन्त्री शर्मा मंगलबार नै बर्खास्तीमा पर्नसक्ने सम्भावना रहेको बताइएको छ ।

 

र यो पनि

 

अर्थमन्त्री जर्नादन शर्मा पदबाट हटाइने भएका छन् । उनी बजेट निर्माणमा करको विषयमा विवादमा परेकाले हटाइने बुझिएको छ ।

 

आज नेकपा माओवादी केन्द्रको बैठकमा पनि जर्नादनलाई हटाउनुपर्ने माग उठेको छ । सत्ता गठबन्धनको नेपाली काँग्रेसका नेताहरुले पनि उनलाई हटाउन माग गरिरहेका छन् ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई हटाउनेबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरिसकेको बुझिएको छ ।

 

अर्थमन्त्रालयमा बजेटसँग असम्बन्धित व्यक्ति रातारात छिरेको विषय चर्चामा छ । त्यसको सीसीटीभी गायब बनाइएको विषय चर्चामा छ ।-

 

कृषिमन्त्री मृगेन्द्रको पद धरापमा

 

कृषिमन्त्री बनेको भोलिपल्टै मृगेन्द्रकुमार सिंह यादवको पद धरापमा परेको छ । उनीविरुद्ध सर्वोच्च अदालतमा एउटा रिट निवेदन दर्ता भएको छ जसमा उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएकाले मन्त्री बनाउन संविधानविपरित हुने जिकिर गरिएको छ ।

 

अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिटमा संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि अयोग्य हुने विषय समेत उल्लेख गरिएको छ ।

 

सिंह सप्तरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । पार्टी नेतृत्वलाई नै प्रभावमा पारेर राष्ट्रिय सभा सदस्य बन्न सफल भए । यही आधारमा उनी मन्त्री नियुक्त गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय