मंगलबार , बैसाख ११, २०८१

काठमाडौं, २१ असार । भरतपुर महानगरकी मेयर रेनु दाहालले पार्टी र गठबन्धनभित्र अर्थमन्त्री जनार्दन शर्मा हटाउनेबारे कुनै छलफल र बहस नभएको स्पष्ट पारेकी छिन् ।

 

उनले भनिन्,‘यत्तिकै कसैलाई मन लाग्यो भन्दैमा राख्ने वा हटाउने भन्ने हुँदैन् । आखिर अहिले एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गर्यो, त्यो उहाँहरुको आवश्यकत्ता थियो । आजमात्रै जसपाले मन्त्रीहरु हेरफेर गर्यो, त्यो पनि उहाँहरुले आवश्यकत्ताले गर्नुभएको हो । तर, हाम्रो पार्टीले मन्त्रीहरु हेरफेर गर्नेबारे कुनै निर्णय गरेको छैन् । अहिले मैले त्यस्तो देखेको छैन् ।

 

अर्थमन्त्रीज्यूले राम्रो काम गर्नुभएको छ । उहाँलाई हटाउनुपर्ने कुनै कारण छैन् ।’ उनले अर्थमन्त्री शर्माले ल्याएको जनताको हितमा रहेको र आफूहरु खुशी रहेको सुनाईन् । दाहालले आफ्ना पितासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दयालु, सिर्जनशील र गतिशिल नेताको रुपमा चित्रण गरिन् ।

 

उनले भनिन्,‘उहाँ अब कस्तो खालको व्यक्ति भन्ने ? एकदमै दयालु, सिर्जनशील र गतिशिल नेता हो । परिस्थितिको आँकलन गरेर आफूलाई समयसापेक्ष बनउाने लिडर ।’

 

उनले प्रचण्डले नेपाली राजनीतिमा गुणमात्रै लगाएको स्मरण टिप्पणी गरिन् । मुलुकको राजनीतिक समस्या समाधानको लागि प्रचण्डले जहिल्यैपनि जोखिम मोलेको उनको भनाई छ । उनले प्रचण्ड व्यक्तिगत स्वार्थ भएको नेता नभएको पनि जिकिर गरिन् ।

 

यो पनि पढ्नुहोस

माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

 

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

 

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय