बिहिबार , बैसाख १३, २०८१

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को बेलाबेलामा आलोचना भइरहन्छ । उनको सबैभन्दा धेरै आलोचना घरबेटीका कारण हुने गरेको छ ।

 

 

पछिल्लो समय उनकै घरबेटी शारदाप्रसाद अधिकारीको नाममा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले काटेको पत्र उनकै घरमा आइपुगेको छ ।

 

 

ठेकेदारसमेत रहेको प्रचण्डका घरबेटी अधिकारीलाई निर्देशनालयले स्पष्टिकरण सोधेको पत्र प्रचण्ड बस्ने घरमा आएको हो ।ठेक्का सम्झौताअनुसार काम नगरेको भन्दै निर्देशनालयले अधिकारीसँग स्पष्टिकरण मागेको छ ।

 

निर्देशनालयले सात दिनभित्र जवाफसहित कार्यालयमा उपस्थित हुन अधिकारीलाई निर्देशनसमेत दिएको छ । अन्यथा, ठेक्का सम्झौताका शर्तबमोजिम कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिइएको हो ।

 

 

 

उनको कम्पनीले ठेक्का लिएको सडक पुनर्निर्माणको प्रगति सन्तोषजनक नरहेको र लामो समय व्यतित हुँदा पनि कार्य प्रगतिमा सुधार नआएको निर्देशनालयले जनाएको छ ।

 

 

 

‘कार्य प्रगति सुधार नभएको, पेश भएको कार्यतालिकाबमोजिम कार्य नभएको साथै कार्य सम्पन्न गर्नेतर्फ अग्रसर भएको नदेखिएको हुँदा विश्वसनीय स्पष्टिकरणसहित यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आधिकारिक प्रतिनिधि स्वयम् यस निर्देशनालयमा उपस्थित हुन तथा सडक पुनस्र्थापना कार्य यथाशीघ्र चाँडो सम्पन्न गर्नुहुन जानकारी गराइन्छ’, निर्देशनालयको पछिल्लो सूचनामा उल्लेख छ ।उनी सम्झौताबमोजिम काम नगर्ने विवादित ठेकेदारका रुपमा परिचित छन् ।

 

 

अघिल्लो बर्ष समयमै मल ल्याउन नसकेको भन्दै सरकारले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । प्रचण्डकै जोडबलमा उनी कालोसूचीमा पर्नबाट बन्चित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय