सोमबार , अषोज १७, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरूलाई जनताले माओवादी होइन खाओवादी भन्न थालेको बताएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

कोटेश्वरस्थित माओवादी केन्द्रीय कार्यालयमा सूर्यनाथ रान यादवको स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा बोल्दै दाहालले उक्त कुरा बताएका हुन्।

 

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले ‘जनयुद्ध’ र क्रान्तिकारी भन्ने कुरा लोगोमा सीमित भएको उल्लेख गरेका छन् । न्यायको लागि लड्ने योद्धा भनेर चिनिनु पर्नेमा माओवादी भन्ने नाम विज्ञापन जस्तो मात्रै भएको उनको भनाइ छ।

 

दाहालले अहिलेकै जस्तो माओवादी मुलुकलाई आवश्यक नभएको बताएका छन् । उनले भने मैले भन्ने गरेको छु, यही स्थिति रह्यो भने त यो पार्टी नभए पनि के भयो र ?

 

जनतालाई जालझेल, ठगठाग गरेर पार्टी बनाउनु भन्दा त त्यस्तो पार्टी नहुनु राम्रो भएको उनको भनाइ थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय