बुधबार , बैसाख १२, २०८१

काठमाण्डौ—धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् । पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र ‘इन्टेक ’बनाउने काममा उनीहरु खटिएका हुन् ।

 

शनिबार सोही क्षेत्रमा वृक्षारोपण पनि गरिएको छ । पकुवाखोला क्षेत्रमा करिब २५० विभिन्न जातका फलफूल र बाँसलगायतका बिरुवा रोपिएको छ । पछिल्लो समय धरानमा खानेपानीको समस्या हुँदै आएपछी खानेपानी अभाव टार्न नगरप्रमुख साम्पाङले खानेपानीको स्रोत खोजी गर्न उच्च प्राथमिकता दिएका छन् ।

 

पकुवाखोलाको पानी उपयोग गर्न यसको सङ्कलनका लागि ‘इन्टेक’ बनाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । विशेष गरी खानेपानीको मुद्दा उठान गरी स्वतन्त्रबाट नगरप्रमुखमा निर्वाचित भएपछि उनले खानेपानी व्यवस्थापनका लागि ध्यान दिइरहेका छन्।

 

धरान उपमहानगरपालिकामा स्वतन्त्र उमेदवार हर्क साम्पाङले मेयर निर्वाचित भएको छोटो समयमै एक पछि अर्को जनमुखि काम गरेर धरानबासीको मन जितिरहेका छन् ।

 

दुनिँयाले के भन्छ साम्पाङलाई कुनै चासो छैन उनलाई म के गरिरहेको छु जनताको लागि जनपक्षीय काम कसरी गर्न सकिन्छ त्यो मात्रै चासो छ । ठूलो फार्तीफूर्ती होइन साना साना कुरा तर जनताको जीवनशैलीसँग प्रत्यक्ष सरोकार राख्ने बिषयहरुलाई सिरोपर गर्दै विकास र जनताका समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बढी चासो र चिन्ता लिने गरेका छन् ।

 

मेयर साब बनेर कुनै भिआइपी जसरी महंगो गाडी चढेर उनी हिँडेका छैनन् । साधारण जनताको जीवनशैली र हर्कको जीवनशैली उस्तै छ। जनता भन्दा फरक आफुलाई नदेखाउँन उनले सक्दो प्रयास गरेका छन् ।

 

साम्पाङ अहिले पनि आफ्नो निजी मोटरसाइकल चढेर हिड्ने गर्दछन् । केहि दिन अघि त उनले पेट्रोलको मूल्य अत्यधिक बढे पछि साइकल किन्नु पर्छ की के हो भनेर साइकलको मूल्य समेत सोधेका थिए । सडकको फोहर टिप्न जनतासँगै देखीने साम्पाङ श्रमदानका लागी जनतासँगै बसेर गिटि फुटाइरहेका देखिन्छन् ।

 

रोचक कुरा त आफ्ना गतिविधीहरुको तस्बिर उनी आफैँले सामाजिक संजलामा अपलोड गर्दछन् । महत्वपुर्ण बिषयहरु आफ्नो मत अभिमतहरु पनी उनी फेसबुकमा लेखिरहन्छन् । कतिपयले फेसबुकमा धेरै स्टााटस नलेख्न पनि उनलाई सुझाव दिन्छन् तर उनी निरन्तर लेखिरहन्छ । आफुलाई फेसबुकलेनै मेयर बनाएको साम्पाङले भन्ने गरेका छन् ।

स्थानिय सरकारलाई जनताको सबैभन्दा नजिकको सरकार भनिन्छ । साम्पाङले जनतासँगै खाने , बस्ने र भिज्ने गरेर स्थानिय सरकार कस्तो हुनु पर्छ भन्ने नमुना पनि देखाइरहेका छन् । आफ्नो कडा संधर्ष अनि धराने जनताको मायाले मेयरको कुर्सिमा पुगेका उनी कसले के आलोचना गर्छ मतलव नराखी आफ्नै काममा खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय