बुधबार , बैसाख १२, २०८१

हिन्दू धर्मको सबैभन्दा म’हत्वपूर्ण ग्रन्थ मध्ये एक हो–श्रीम’द्भागवत गीता । यस ग्रन्थको रचना आजभन्दा लगभग ५ हजार वर्ष पहिला गरिएको अनुमान गरिन्छ । आश्चर्य लाग्ने कुरा के हो भने कलि’युगमा के–के घटना हुन्छन् भन्ने भवि’ष्यवाणी भागवत पुरा’णमा ५ हजार वर्ष पहिला लेखिएको थियो ।

 

केही भ’विष्यवाणी यस्ता छन्-श्लोक १:ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमा दया । कालेन बलिना राजन् नङ्‌’क्ष्यत्यायुर्बलं स्मृतिः ॥ अर्थ- धर्म, स’त्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवनको अवधि, शारीरिक शक्ति तथा स्मृ’ति सबै दिन प्रतिदिन घट्दै जानेछ ।

 

श्लोक २वित्तमेव कलौ नृणां जन्मा’चारगुणोदयः । धर्मन्याय व्यवस्थायां कारणं बलमेव हि ॥ अर्थ – कलीयुगमा जुन व्यक्ति’सँग जति धन हुनेछ उतिनै गुणी मानिने छ । र कानून, न्याय केवल शक्तिका आ’धारमा लागू गरिने छ ।

 

श्लोक ३दाम्पत्येऽभिरुचिर्हेतुः मायैव व्यावहारिके । स्त्रीत्वे पुंस्त्वे च हि रतिः विप्रत्वे सूत्रमेव हि ॥ अर्थ – कलि’युगमा पुरुष-स्त्री विवाहविना नै एक अर्काबीच रुचीका आधारमा साथ बस्न थाल्नेछन् । व्यापार सफलता छल–कपटमा निर्भर हुनेछ । कलि’युगमा ब्राह्मण एक धागो लगाएर ब्राह्मण हुने दाबी गर्छ ।

 

श्लोक ४लिङ्‌गं एवाश्रमख्यातौ अन्योन्यापत्ति कारणम् । अवृत्त्या न्यायदौर्बल्यं पाण्डित्ये चापलं वचः ॥ अर्थ – जो मानिस घुस दिन या धन खर्च गर्न असमर्थ हुन्छ, उसले अदा’लतबाट न्याय पाउन सक्ने छैन। जो व्यक्ति चतुर र चलाख तथा स्वार्थी हुन्छ उ यो युगमा निकै विद्वान कहलिनेछ ।

 

श्लोक- ५क्षुत्तृड्भ्यां व्याधिभिश्चैव सं’तप्स्यन्ते च चिन्तया । त्रिंशद्विंशति वर्षाणि परमायुः कलौ नृणाम् ॥ अर्थ – मानिसहरु भोक-प्यास तथा कयौं खालका दुःख चिन्ताका कारण दुखी रहनेछन् । अनेक खालका रोगले उनीहरु आक्रान्त बन्नेछन् । कलि’युगमा मान्छेको उमेर घट्ने छ । कलि युगको अन्त्यसम्म उमेर केवल बीस या तीस वर्षको हुनेछ ।

 

श्लोक ६दूरे वार्ययनं तीर्थं लावण्यं केशधारणम् । उदरंभरता स्वार्थः सत्यत्वे धार्ष्ट्यमेव हि ॥ अर्थ – मानिसहरुले टाढाको नदी-तलाउलाई तीर्थ मान्छन् तर आफ्नो नजिक रहेका आमा बुबालाई बे’वास्ता र निंदा गर्छन् । कपाल पाल्नै सुन्दरता मानिन्छ र केवल पेट भर्नु नै मानि’सको लक्ष हुनेछ ।

 

श्लोक ७अनावृष्ट्या विनङ्‌क्ष्यन्ति दुर्भिक्षकरपीडिताः शीतवा’तातपप्रावृड् हिमैरन्योन्यतः प्रजाः ॥ अर्थ – पानी कम पर्नेछ । सूख्खा हुनेछ । कहिले निकै जाडो हुनेछ भने कहिले निकै गर्मी हुनेछ । कहिले आंधी आउने छ भने कहिले बाढी आउनेछ । यस्ता परि’स्तिथिका कारण मानिसहरु सम’स्यामा पर्नेछन् र नष्ट हुन थाल्नेछन् ।

 

श्लोक ८अनाढ्यतैव अ’साधुत्वे साधुत्वे दंभ एव तु । स्वीकार एव चोद्वाहे स्नानमेव प्र’साधनम् ॥ अर्थ – कलि’युगमा जो व्यक्ति’सँग धन हुनेछैन उ अधर्मी, अपवित्र तथा बेकार मानिनेछ। विवा’ह दुई जनाबीच एक स’मझौता हुनेछ । मानि’सले नुहाउँदैमा अन्तर’आत्मा’देखि शुद्ध भएँ भन्ने सोच्नेछन् ।

 

श्लोक ९दाक्ष्यं कुटुंबभरणं यशोऽर्थे धर्मसेवनम् । एवं प्रजाभिर्दुष्टाभिः आ’कीर्णे क्षितिमण्डले ॥ अर्थ – धर्म-कर्मको काम केवल मानिसका अगाडि राम्रो देखिन तथा देखावटीका लागि हुनेछ । पृथ्वी भ्रष्ट मानिसले भरिनेछ । मानिस सत्ता प्राप्तिका लागि एक अ’र्कालाई मार्ने छन्।

 

श्लोक १०आच्छिन्नदारद्रविणा यास्यन्ति गिरिकाननम् । शाकमूलामिषक्षौद्र फ’लपुष्पाष्टिभोजनाः ॥ अर्थ – अकाल तथा अत्याधिक करका कारण समस्यामा परेका मानिस घर छोडेर सडक तथा पहाड गुफमा बस्न बाध्य हुनेछन् । साथै मानिहरु रुख विरु’वाका पात जरा मासु जंगली मह फूल तथा बीज खान बाध्य हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय