बुधबार , बैसाख १२, २०८१

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थ मन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

 

आज सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले यस्ताे प्रतिक्रिया दिनुभएकाे हाे ।

 

 

 

 

अर्थ मन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्न उठेकोले राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो । महामन्त्री थापाले अर्थ मन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने टिप्पणी गर्नुभयाे ।

 

 

उहाँले भन्नुभयो, ‘अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेपछि तत्काल प्रधानमन्त्रीले यसबारेमा एक्शन लिनुपर्छ । मेराे बुझाइमा अर्थ मन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ, कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनुपर्छ ।

 

 

यसबारेमा तत्काल छानबिन गर्नुपर्छ । बजेटमा करकाे दर हेरफर गरिएकाे भनिएकाे छ, करको दर भनेको चाहिँ सामान्य कुरा होइन ।

 

 

 

कसैले सामान्य मानवीय त्रुटि भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन ।’महामन्त्री थापाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताउनुभयो ।

 

 

 

उहाँले अर्थ मन्त्री शर्मालाई राजीनामाका लागि आफूहरूले अनौपचारिक रूपमा भनिसकेको पनि बताउनुभयो ।

 

 

 

विदेशमा कार्यरत श्रमिकका लागि नेपाल सरकार र सम्बन्धित देशका सरकारले गरेका महत्वपूर्ण निर्णय, सूचना र जानकारीको लागियहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय