शनिबार , बैसाख ८, २०८१

चितवन, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिवादले नेकपा समाप्त हुने बताएका छन् ।

गृहजिल्ला चितवनमा रहेका नेता पाण्डेले पार्टीको सामूहिक निर्णय हुनुपर्नेमा त्यसो नभई ओलीको काम एकलौटी देखिएको बताए । यसरी सिङ्गो पार्टी एक्लै सञ्चालन गर्न खोज्नुले नै नेकपा समाप्तीतर्फ गएको उनले इंगित गरे । पर्टीमा विधि र सामुहिकता हुनुपर्ने भए पनि त्यसो नभएका कारण पार्टी 

नेता पाण्डेले पार्टीको निर्णयविरुद्ध काम गर्ने प्रधानमन्त्रीको कार्यशैलीले वर्तमान विवाद सृजना गरेको बताए । उनले गलत कार्यशैली, पार्टी र सरकार सञ्चालनको दृष्टिकोणको विरोध गर्ने बताए । पार्टीले गरेको निर्णय नमान्ने र एकलौटी तरिकाले सरकार चलाउन खोज्ने प्रधानमन्त्रीको कार्यशैलीले नेकपा कमजोर बन्दै गएको र प्रधानमन्त्री सच्चिनुपर्ने उनकाे भनाइ थियाे ।

नेता पाण्डेले शुक्रबार पुर्वी चितवनका विभिन्न स्थानमा कार्यकर्ता भेला गरेका थिए ।

तर, जिल्लामा नेता पाण्डेको चर्को विरोध समेत भएको छ । नेकपाकै नेता तथा कार्यकर्ताले गुटगत भेला गरेर प्रधानमन्त्रीलाई गाली गरेको भन्दै पाण्डेको विरोध गरेका हुन् । सामाजिक सञ्जालमा पार्टीको भेला भनेर पार्टी निर्माणमा योगदान दिएका अग्रज नेता तथा कार्यकर्ताबिना गुटगत भेला गरेको ओरोप उनीमाथि लगाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय