बिहिबार , चैत्र १५, २०८०

बौद्धमार्गि

 

एक बाबाले खोले मुक्तिनाथ मन्दिरको रहस्य ! १०८ धारा नै किन ? मुस्ताङको मुक्तिनाथ (३८०० मिटर) मन्दिर पवित्र थलो हो हिन्दु र बौद्धमार्गि दुबैको साझा तिर्थ ।

बर्सेनी लाखौंको भिड लाग्छ । मन्दिर दर्शन गरेर त्यहाँको १०८ धारामा नुहाएमा पाप पखालिने र शुद्ध भइने जनविश्वास छ ।मुल मन्दिरभित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ–आफ्नै ढँगले व्याख्या र पूजा गर्छन ।

हिन्दु मुल मूर्तिलाई बिष्णुका रुपमा पुज्छन् ।

 

बिष्णुका दायाँ बायाँका मूर्तिलाई लक्ष्मी र सरस्वती मान्छन् । बौद्धमार्गी पूजारी झुमा मुल मूर्तिलाई लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पूज्छन् । अनि लुवाङको दायाँ बायाँका मूर्तिलाई नागदेवी भनेर धुप धुँवार गर्छन । हिन्दु मान्यता अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेका थिए । त्यसबाट उनले सृष्टि गर्न शक्ति पाए । यज्ञ गर्दा अग्निरुपमा शिव, जलरुपमा बिष्णु र होताको रुपमा ब्रम्हा बसेका थिए ।

 

भगवान शिवको नाम ‘पशुपतिनाथ’ कसरी हुन पुग्यो ? ११ रोचक तथ्य: पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक हो। पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ। त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन्।

 

साथै यस क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल अखाडा पनि रहेका छन्। आजको धर्म अङ्कमा हामी तपाईँहरूलाई जन्मदेखि मृ’त्यु सम्मका सबै संस्कार सम्पन्न गरिने नेपालको यस पावन स्थलको बारेमा केहि रोचक तथ्यहरूको बारेमा जानकारी दिन गैरहेका छौँ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय