बिहिबार , बैसाख १३, २०८१

अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरले सडक व्यापारलाई नियन्त्रण गर्ने काठमाडौं महानगरपालिकाको नीतिप्रति असहमति व्यक्त गरेकी छन् । केही दिनअघि मकै पोलेर बेच्ने दम्पत्तिलाई नगरप्रहरीले गरेको कारवाहीका सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो असहमति उजागर गरेकी हुन् ।

 

कुनै पनि नागरिकलाई देशको समग्र भूमिमा टेक्ने अधिकार रहेको करिश्माको तर्क छ । उनले प्रश्न गरेकी छन्, ‘यदि उ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ ? जे पनि भन्न मिल्छ ? ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन ।’

 

उनले स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा हुने भन्दै आममानिस र पर्यटकहरुले यसबाट आनन्द उठाउने दाबी समेत गरेकी छन् ।

 

करिश्माको प्रश्न छ, ‘व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र विरोधतर्फ लाग्ने ? कि मकै पोलेर चटपटे बनाएर तारे होटलमा बेच्ने ?’

 

सडकमा खानेकुरा बेचेर पेट भर्ने तथा सडकको खाएर पेट भर्ने जमात यही सहरमा रहेको उनी बताउँछिन् ।

 

‘बाटोमै बेचेको कपडाले तन डाक्ने जमान पनि त छन् होला, जो तपाईंको भारी बोक्छन् वा अन्य काम गर्छन् । सबै बिदेश गएर गल्फको गर्मीमा काम गर्न नसक्ने पनि त छन्।

 

होला । के तिनले आफ्नो र आफ्ना छोराछोरीको मुहारमा खुसी भएको सपना देख्न नपाउने ?’ करिश्माको थप प्रश्न छ ।

 

हेर्नुस उनको स्टाटस  उनको फेशबुक वालमा गएर हेर्नुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय