काठमाडौँ — गाडामा मकै बेच्ने दम्पतीका कारण मेयर बालेन साहको चर्चा थप चुलिने संकेत देखिएको छ । हरेक निर्णय सोचविचार गरेर लिने मेयर बालेनले नयाँ शिराबाट अघि बढेपछि उनको चर्चा थप हुने देखिएको हो । बालेनको निर्देशनमा काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीसँग मासिक पैसा उठाउने आरोप लागेका नगर प्रहरीमाथि छानबिन सुरु गरेको छ ।

 

बालुवाटारमा गाडामा मकै बेच्ने सिन्धुपाल्चोकका चेतेन्द्र आचार्य दम्पतीसँग ५ हजार रुपैयाँ मागेको आरोप लागेका नगर प्रहरीका सईलाई स्पष्टीकरण सोधिएको हो । आचार्य दम्पतीले नगर प्रहरी राजन श्रेष्ठले ५ हजार रुपैयाँ मागेको आरोप लगाएका थिए । ‘मिडियामार्फत उनीहरूले जसलाई आरोप लगाएका छन्, हामीले छानबिन थालेका छौं,’ महानगरका सहायक प्रवक्ता महेशकुमार काफ्लेले भने, ‘ती कर्मचारीलाई स्पष्टीकरण सोधेका छौं ।’ जवाफ आएपछि थप छानबिन अघि बढ्ने उनले बताए ।

 

नगर प्रहरीले फुटपाथ व्यापारीसँग मासिक कम्तीमा ५ सय लिने गरेको आरोप लाग्ने गरेको छ । घूस मागेको घटना बाहिर आएपछि महानगर प्रहरी प्रमुख धनपति सापकोटाले आचार्य दम्पतीलाई थप कारबाही गर्ने धम्की दिएको समाचार पनि आएको छ । ती दम्पतीलाई थप कारबाही गर्ने विषयमा भने छलफल नभएको काफ्लेले बताए ।

 

आचार्य दम्पतीले शुक्रबार सडकछेउ मकै बिक्री गर्दैगर्दा नगर प्रहरीले रिक्सासहित उठाएर लगेको थियो । पत्रकार सृष्टि काफ्लेले उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा राखेपछि महानगरको चौतर्फी विरोध भएको थियो । घटनाको जानकारी लिने क्रममा आचार्य दम्पतीले कान्तिपुरसँग कुरा गर्दै नगर प्रहरीले घूस माग्दा नदिएपछि सामान उठाएर लगेको आरोप लगाएका थिए ।

 

‘सामान उठाएपछि रिसइबीले त्यस्तो बोलेको हो वा वास्तविक के हो ? हामीले छानबिन गरिरहेका छौं,’ काफ्लेले भने । महानगरको नीतिअनुसार फुटपाथ पैदल यात्रुले हिँड्न बनाइएकाले व्यापार गर्ने थलोका रूपमा प्रयोग गर्न नहुने नीति महानगरको विगतदेखिकै भएको काफ्लेले बताए । ‘सडक र फुटपाथ व्यापार गर्ने ठाउँ होइन भन्नेमा महानगर प्रस्ट छ,’ उनले भने, ‘महानगरको नीतिविपरीत गर्नेलाई कारबाही गर्दै आइरहेका छौं । बालुवाटारमा आचार्य दम्पतीको पनि यही भएको हो ।’

 

काठमाडौं महानगरमा फुटपाथ तथा सडक व्यापारी र नगर प्रहरीबीच लुकामारी नै हुने गरेको छ । नगर प्रहरी नहुँदा निर्बाध सडकमै व्यापार हुने भए पनि प्रहरी पुग्नेबित्तिकै पोका पारेर भागाभाग हुन्छ । नगर प्रहरी फर्कनेबित्तिकै फेरि व्यापार सुरु गर्छन् । फुटपाथमा व्यापार गर्नेलाई निश्चित ठाउँमा व्यवस्थापन गरेर रोक्नुपर्ने माग हुन थालेको छ । नगर प्रमुख बालेन्द्र शाहको घोषणापत्रमा पनि फुटपाथ व्यापारलाई व्यवस्थित बनाउने उल्लेख छ । घर भत्काएर फुटपाथ बनाएका काठमाडौं उपत्यकाका स्थानीयले सडक र फुटपाथमा व्यापार व्यवस्थित गर्न माग गरेका छन् ।

 

यसैबीच, आचार्य दम्पतीको गाडा नगर प्रहरीले लगेको भिडियो बाहिरिएसँगै स्वदेश तथा विदेशबाट सहयोग जुट्न थालेको छ । सिन्धुपाल्चोकका नेता मोहन बस्नेतले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । अन्य तीन जनाले ४० हजार सहयोग गरेका छन् । तीन जनामध्ये अमेरिकाबाट २० हजार, अर्को

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय