बिहिबार , बैसाख ६, २०८१

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकार बन्नेवित्तिकै मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भइरहेको छ ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाको सुझवुझपूर्ण निर्णय र उचित कदमले गर्दा एमसीसी जस्तो अनुदानको रकमवाला परियोजना नेपालमा भित्रिएको छ ।

 

एमसीसीको आर्थिक सहयोगले मुलुकमा डलरको अभाव हुन दिएको छैन । एमसीसीको रकम नेपालको विकासको कार्यक्रममा खर्च हुनेछ ।

 

नेपाल सरकारले भारतसँगको घाटालाई घटाउन बिजुली निर्यात गरिरहेको छ । देउवा सरकारले भारतलाई बिजुली बेचेर मासिक १ अर्ब ७२ करोड आम्दानी गरिरहेको छ । एमसीसीले प्रशारण लाईन बनाएपछि नेपालमा प्रयोग भएर बजेको सबै बिजुली भारतमा बिक्री हुनेछ । त्यसपछि बिजुली बेचेर नेपालको अर्थतन्त्रमा उल्लेख्य रुपमा परिवर्तन आउनेछ ।

 

मुलुकको अहिलेको आर्थिक अवस्था बिग्रिएर आउनुमा एमालेको पहिलो भूमिका र जिम्मेवारी छ । अर्थतन्त्र देउवा आउनेवित्तिकै रातारात बिग्रिएको होइन । एमालेले नै बिगारेको हो ।

 

एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको अदुरदर्शी र ‘हावा’का योजनाले गर्दा मुलुकको आर्थिक अवस्था विग्रिएको हो । बजेट फ्रिज हुने, योजना पूरा नहुने, बेरुजु मात्रै बढ्ने आदि जस्ता कार्यले अर्थतन्त्रमा ठूलो असर परेको छ ।

 

एमाले र माओवादी केन्द्रलाई जनताले राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि झण्डै दुईतिहाईको बहुमत दिएका थिए ।

 

एमाले र माओवादीले पार्टी एकीकरण गरेर नेकपा बनाए । नेकपा पार्टी धेरै दिन अगाडि चल्न सकेन । आफ्नै कारणले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई जन्माइदियो । अदालतको आदेशबाट जन्मिएको एमालेले त्यसपछि पनि सरकार चलाइरह्यो ।

 

ओलीका अर्थमन्त्री डा.युवराज खतिवडा, विष्णु पौडेलहरुका गलत नीति र योजनाले मुलुकको अर्थव्यवस्था झन् बिग्रिएर गयो । प्रधानमन्त्री देउवाले कमाण्ड हातमा लिनेवित्तिकै अर्थतन्त्रलाई सुधारतिर लगेका छन् । देउवाले मुलुकलाई श्रीलंका बन्न दिएन् । नेपालको अर्थतन्त्र बिग्रिनुमा देउवा सरकार जिम्मेवार छैन । किन भने देउवा सरकार आएको भरखर एक वर्ष पनि भएको छैन ।

 

देउवा आउनेवित्तिकै स्थानीय तहको निर्वाचन एकैचरणमा सफलताका साथ सम्पन्न भएको छ । मुलुकको शान्ति सुरक्षा मजबुद बनेको छ । गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायलाई कमाण्डमा राखेका छन् ।

 

प्रधानमन्त्री देउवालाई गृहमन्त्री खाणले निकै साथ दिएका छन् । देउवा आफ्नो उद्देश्यमा सफल हुनुमा खाणको ठूलो भूमिका छ । सोही कारण देउवाले खाणलाई निकै विश्वास गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय