शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं असार १९

 

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनका आधारमा गठवन्धनका दलहरुको विश्लेषण गरेका छन् । उनले नेपाली कांग्रेस स्वार्थी र नेकपा एकिकृत समाजवादी मतन्ते भएको बताउँदै माओवादी मात्रै गठबन्धनप्रति इमान्दार देखिएको दावी गरे।

 

आइतबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश गर्दै उनले कांग्रेस र एकिकृत समाजवादी दुवै गठबन्धनप्रति इमान्दार र गम्भीर नभएको आरोप लगाए ।

 

उनले नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी सिट दावी गरेको र जनता समाजवादी पार्टी आफनो पकड क्षेत्रमा (तराई मधेस) गठबन्धन गर्न अनिच्छुक देखिएको बताए ।

 

कांग्रेस इमान्दार नहुँदा रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा माओवादी बलियो भएका ठाउँमा अरु दलसँग मिलेर माओवादीलाई हराउन लागेको प्रचण्डले आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय