बुधबार , बैसाख १२, २०८१

हामीले आजकाल निकै अचम्मका विवाहको खबर सुन्ने गरेका छौँ । कोहीले कुकुरसँग त कोहीले आफैँसँग विवाह गरिरहेका छन् ।

 

यस्तै एउटा अचम्मको विवाह मेक्सिकोमा भएको छ । मेक्सिकोको ओक्साका शहरको एउटा सानो गाउँका मेयरले गोहीसँग विवाह गरेका छन् ।

 

 

 

उनले विवाहपछि दुलही अर्थात् गोहीलाई चुम्बन पनि गरे । यो अचम्मको विवाहको फोटो र भिडियो सोसल मिडियामा चर्चाको विषय बनेकोयो परम्परा अन्तर्गत गोहीलाई एउटा सानो राजकुमारीको रुपमा लिइन्छ, जो धर्ती माताको प्रतिनिधित्व गर्ने देवी हुन् ।

 

 

 

मेयरको गोहीसँग विवाहलाई मानिसलाई ईश्वरसँग जोड्ने प्रतिकको रुपमा लिइएको छ ।ओक्साका राज्यको चोन्तल र हुआवे समुदायको यो परम्परा सयौँ वर्ष पुरानो हो । यसमा प्रकृतिलाई धन्यवाद दिइन्छ र भविष्यमा पनि उदार रहिरहन प्रार्थना गर्ने गरिन्छ ।

मेयर विक्टरले गोहीसँगको आफ्नो विवाहबारे भने, ‘हामी प्रकृतिसँग पर्याप्त वर्षाको माग गर्छौँ ताकि नदीमा पर्याप्त माछा होउन्, ताकि हामीले पर्याप्त भोजन पाउन सकौँ ।’यसले मलाई असाध्यै खुसी दिलाएको छ

 

 

र आफ्नो धरातलप्रति गर्व महसुस गराएको छ,’ एलिया एदिथ आगुइलरले भनिन् । एलियालाई धेरैले गडमदर भनेर चिन्छन् र उनैले यो विवाहको आयोजना गरेकी हुन् ।

 

उनले भनिन्, ‘यो कार्यक्रम आयोजना गर्ने सुअवसर मैले नै पाएँ । दुलहीलाई के लगाइदिने होला भनेर मैले धेरै समय बिताएँ ।’

 

‘यो निकै राम्रो परम्परा हो,’ उनले मुस्कुराउँदै भनिसात वर्षको गोहीसँग भयो विवाहन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय