शुक्रबार , बैसाख ७, २०८१

ज्ञानेन्द्र शाहीले पनि राप्रपा छाड्ने, कुन पार्टी प्रवेश गर्दै ?

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा किचलो सुरु भएसँगै भर्खरै पार्टी प्रवेश गरेकाहरु धमाधम पार्टी परित्याग गर्न थालेका छन् । केही दिनअघि मात्रै ज्वाला संग्रौलालगायत विभागीय प्रमुखहरुले नै राप्रपा परित्याग गरेका थिए । अहिले फेरि अर्का नेता ज्ञानेन्द्र शाहीले पनि पार्टी छाड्ने तयारी गरेका छन् । उनले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गर्ने तयारी गरेका राप्रपाका एक नेताले बताए ।

 

कमल थापालाई सानदार रुपले हराएर राप्रपाको अध्यक्षमा उदाएका राजेद्र लिंदेन पछिल्लो समय दबावमा पर्दै गएका छन् ।

 

राप्रपाको आन्तरिक विवाद छरपस्टै हुन थालेको छ । केहि दिन अघि मात्रै बाहिरिएको एउटा गोप्य म्यासेजले त भित्र भित्रै कस्तो सम्मको खिचडी पाकिरहेको रहेछ भन्ने सहजै अनुमान लगाउँन सकिन्छ ।

 

एक नेतृले अर्कैलाई भनेर पठाएको म्यासेज लिंदेनकी श्रीमतीको मोवाइलमा गए पछि राप्रपामा ठूलै भुकम्प जान लागेको खबर बाहिरिएको छ ।

 

कमल थापालाई पछारेर अध्यक्ष बने पछि निकै ठूलो जोश र उत्साहका साथ काम गरिरहेका लिंदेनलाई राप्रपाको अध्यक्षबाटै हटाउने सम्मको खेलमा ठूलै टिम हात धोएर लागेको बताइएको छ ।

 

लिंदेनका विरुद्ध पूर्व अध्यक्ष पशुपती शमशेर जबरा हातै धोएर लागेको बताइन्छ । अर्का पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनी पनि अब लिंदेनबाट काम हुँदैन भन्नेमा करिब करिब निष्कर्षमा पुगेको बताइन्छ ।

 

पशुपती शमशेर जसरी लोहनी उग्र रुपमा नलागे पनि लिंदेनले भाइरलेहरुको पछि लागेर राप्रपाको गरिमाालाई कायम राख्न नसकेको भन्नेमा पुगेको लोहनी निकट स्रोतले जानकारी दिएको छ ।

 

केहि दिन यता दुई जना विभागीय प्रमुखहरुलेनै साधारण सदस्य समेत नरहने गरि राप्रपाबाट राजिनामा दिएका र ज्ञानेन्द्र शाहीलेसमेत अब राप्रपामा बसेर भविश्य नरहेको भन्दै पार्टी छाड्न लागेका बुझिएको छ ।

 

पशुपती शमशेर समूहले लिङदेन माथी भाइरलेहरुलाई धेरै भाउ दिएको र राप्रपालाई पार्टी जस्तो भन्दा पनि अभियान जस्तो बनाएको आरोप लगाएको छ । सामाजिक अभियान्ता भन्दै समाजिक संजालमा रहेका ज्ञानेन्द्र शाही देखी ज्वाला संग्रौला सम्मलाई नेता बनाएर ठूलो स्पेश दिए पछि राप्रपाका पुराना नेताहरु लिंदेनसँग फायर भएका छन् ।

 

पशुपती शमशेर राणाले ज्ञानेन्द्र शाही र ज्वाला संग्रौला दुवै जनालाई राप्रपामा प्रवेश नगराउन लिङदेनलाई धेरैपटक भनेका थिए । तर उनले मानेनन् । लिङदेनले भने पार्टी प्रवेश मात्रै गराएनन् शाहीलाई प्रवक्तानै बनाए भने संग्रौलालाई सामाजिक विभाग प्रमुख बनाए ।

 

संग्रौला भने विभागीय प्रमुख मात्रै होइन साधारण सदस्य समेत नरहने गरी राप्रपाबाट बाहिरिएकी छिन् । ज्ञानेन्द्र शाही पनि छिट्टै पार्टी परित्याग गरेर रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने चर्चा भइरहेको छ ।

 

विशेष महाधिवेशननै माग गरेर राजेन्द्र लिङ्देनलाई अध्यक्षबाट बिदा गर्ने सम्मको रोडम्याप बनाएर ठूलै समूह लिङ्देनविरुद्ध परिचालित भएको बताइन्छ । ज्ञानेन्द्र शाही र ज्वाला स्रगौलाहरुलाई आवश्यकता भन्दा बढि महत्व दिएर नेता बनाएको परिणाम लिङ्देनलाई महंगो पर्ने राप्रपाकै नेताहरुले चेतावनी दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय