शनिबार , बैसाख ८, २०८१

 

काठमाडौ मंसिर ६
नेकपाभित्रको अन्तरबिरोध चर्किंदै जाँदा सबै प्रदेशका मुख्यमन्त्री, मन्त्री र उच्च तहका नेताहरुको दैनिकी नै दौउद र भेटघाट बनेको छ
नेकपाभित्रको अन्तरबिरोध चर्किंदै जाँदा सबै प्रदेशका मुख्यमन्त्री संघीय राजधानी काठमाडौं आउने क्रम बढेको छ । सरकारले आगामी बुधबार मुख्यमन्त्रीहरूको भेला आयोजना गरेका कारण पनि उनीहरूको काठमाडौं आगमन भएको बताइन्छ । उता कोटेश्वरस्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको निवासमा अस्ति बिहिबार बिहान १ नं‍‍. प्रदेशका मुख्यमन्त्री शेरधन राई र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गबीच लामै छलफल भएको थियो । यता बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ्गसँग भेट गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवासतर्फ लाग्नुभएको बताइन्छ ।
शीतल निवासबाट फर्केपछि बालुवाटारमा प्रधानमन्त्रीले महासचिव विष्णु पौडेल,नेम्वाङ्ग,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,स्वास्थ्य मन्त्री भानुभक्त ढकाल,शंकर पोखरेलसँग छलफल गर्नुभएको बुझिएको छ । साँझ फेरि बालुवाटारमा नेम्वाङ्ग,उप प्रधानमन्त्री ईश्वर पोखरेल,प्रदीप ज्ञवाली र शंकर पोखरेलहरूसँग पनि प्रधानमन्त्रीले ढिलैसम्म छलफल गर्नुभएको थियो ।
उता,खुमलटारमा पनि दिनभरि भेटवार्ताको क्रम चलिरहेको देखिन्थ्यो । खुमलटारमा सबैभन्दा पहिले मातृका यादवले र त्यसपछि जनार्दन शर्मा अनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेको बताइन्छ ।यसबीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको दौडाहा देखिएको छैन । उनी दशैंअघि नै कोरोना संक्रमित भएर थप उपचारको लागि हेलिकोप्टरमा काठमाडौं ल्याइएपनि झण्डै डेढ महिनादेखि राजनीतिक खेलो फड्कोमा गुमनाम भएका हुन् ।
त्यसोत, समग्रमा हेर्दा मन्त्रीहरुको धेरै जस्तो समय दौउदधुप र कहीले बालुवाटार त कहीले खुमलटारको दौउदमै बेथित्त भएको देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय