बिहिबार , चैत्र १५, २०८०

र म उनकहाँ गा छौं, एक बेलुका भेट्न, भट्न भन्दा पनि मार्गदर्शन लिन गएको के है,

 

देशमा ठुलो संकट भो, राजाले निरंकुशता लाद्ने भए, अब चाहि हाम्रो प्राप्त प्रजातन्त्र र लोकतन्त्रको अधिकारहरुको रक्षाको निम्ति हामीले के गर्ने ? पार्टीले के गरिरहेको छ ? हामीले के गर्ने भन्ने हामी लाइन लिन गएका थियौं के है, एक बेलुका दुई घण्टा जस्तो बसियो अनि ‘दारु’ खाइयो…उहाँ (केपी शर्मा ओली)सँग चिन्ता पनि केही देखिएन्, बिचमै पत्रकारले उहाँ (केपी शर्मा ओली)ले ‘दारु’ खानु हुन्छ ?

 

भन्ने प्रश्न गरेपछि उनले थपे, ‘दारु’ मात्रै होइन, बढो रमाइलो छ, हरि रोकाया र म यहाँ बस्यौं बिचमा ‘भ्यास सिक्सनाएन’ टेबुलमा थियो । उहाँ (केपी शर्मा ओली) त्यहाँ बस्नु भा थियो, बिचमा एउटा पोद्रे दराज थियो,

 

उहाँ चाहि तपाईको बिस पच्चिस मिनेट आधा घण्टाको अन्तररालमा यसो उठेर त्यहाँ चाहि ‘ट्रिपल फाइभ’ लिएर यसो खानु हुन्थ्यो । हरि रोकायाले यसो मलाई कोट्याएर हाउ केटोले त एक्लै पो खायो हाउ ‘उनी हाँसे’ त्यो बेला उहाँ (केपी शर्मा ओली) चुरोट पनि राम्रै खानु हुन्थ्यो, ‘दारु’ पनि राम्रै खानु हुन्थ्यो ।

 

हामी लगभग दुई घण्टा बस्यौं, दुई घण्टा बस्दा के लाग्यो भन्दा, हामी त्यो अब उहाँ (केपी शर्मा ओली)बाट के अपेक्षा गरेर हामी गएका थियौं, हाम्रो अपेक्षा नै गलत रहेछ भन्ने महसुश भो के, उहाँ (केपी शर्मा ओली)सँग चिन्ता पनि थिएन्, चिन्तन पनि थिएन् के, खाली ‘दारु’ खाइयो बसियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय