शुक्रबार , चैत्र १६, २०८०

धरान / धरानस्थित सर्दु जलाधार क्षेत्रमा वृक्षारोपण गरिएको छ । मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, रोटरी क्लब, धरान जेसिज लगायत विभिन्न संघसंस्था र स्थानियहरूकाे सहभागितामा वृक्षारोपण गरिएको हाे । मेयर साम्पाङले समामाजिक संजाल मार्फत सर्दु जलाधार क्षेत्रमा पानीको स्रोत बढाउन वृक्षारोपणका लागि आह्वान गरेका थिए ।

 

साङपाङले पानीको स्रोत बढाउन विरुवा रोप्ने कार्यक्रम अायाेजना गरिएकाे बताए उनले विरुवा हुर्किएको, नहुर्किएको अवलोकनका लागि हेर्न आफू आइरहने बताए । भिडियो

 

यो पनि.. धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ ले अब एकएक पैसाको हिसाब खोज्ने बताएका छन् ।

 

जनताले आफुलाई जे गर्न पठाएको त्यो सुरु गर्ने भन्दै उनले सो घोषणा गरेका हुन् । उनी धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिदै विजयी भएका हुन् ।

 

यसअघि उनले धरान उपमहानगरपालिकाको बैठक ‘लाईभ’ गर्ने बताइसकेका छन् ।

 

उनले सामाजिक संञ्जालमा लेखेका छन्- अब एक एक पैसाको हिसाब खोज्छु ! जनताले मलाई जे गर्न पठाएको हो त्यो शुरु गर्छु ! जय धरान !!!

 

धरानका मेयर हर्क साम्पाङ्ग भने– ‘आइन्दा हरेक कुरा लाइभ हुन्छ’

 

यो पनि– धरान उपमहानगर पालिकाको कार्यपालिकामा नेकपा एमालेको बहुमत छ । यसैको फाइदा उठाउदै एमालेले स्वतन्त्रबाट विजयी भएका मेयर हर्क साम्पाङको काममा अवरोध गर्न थालेको हो । रफ्तारमा जनताको सेवामा अहोरात्र खटिरहेका मेयर हर्कलाई एमालेले खुलरै असहयोग गर्न थालेको हो ।

 

कार्यपालिकामा बहुमत रहेको नेकपा एमालेले वडाध्यक्षमार्फत साम्पाङलाई असफल बनाउन लागेको हो । बिहिबार बोलाइएको कार्यकालिका बैठकमा अनुपस्थित भएर वडाध्यक्षहरु मेयर विरुद्ध उत्रिएका छन् । उनीहरु अनुपस्थित भएपछि उपमहानगरपालिकाको कार्यपालिका वैठक स्थगित भएको छ । बिहीबार दिउँसो २ बजे बोलाएको वैठकमा वडाध्यक्षहरु नआएपछि आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

 

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार बैठक स्थलमा पुगेर वडाध्यक्षहरु बाहिरिएका थिए । उनीहरु बाहिरिएपछि कोरम नपुगेको भन्दै मेयरले वैठक स्थगित गरेको पौडेलले बताए । धरानमा मेयरबाहेक २७ जना कार्यपालिका सदस्य छन् ।

 

बैठकमा नगएका वडाध्यक्षहरुले भने आफूहरुलाई धरान विरोधीका रुपमा प्रस्तुत गरेको गुनासो गर्छन् । कार्यपालिकाको बैठक बस्ने बेला उपमहानगर अगाडि केहीले ‘खोला दोहोन गर्न पाईँदैन, धरान मास्न पाइदैन, हर्क साम्पाङ्ग जिन्दावाद’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

 

‘मेयर सा’बले १५–२० जना प्लेकार्डसहित उभ्याउनुभयो । हामीलाई धरान विरोधी जस्तो गरेर प्रस्तुत गरियो । उनीहरु नगएसम्म कार्यपालिका वैठक नबस्ने भन्यौं,’ एक सदस्य भन्छन्, ‘त्यतिबेलासम्म मेयर आउनुभएन। अनि हामी निस्कियौं ।’

 

धरानका मेयर हर्क साम्पाङले नगर कार्यपालिकाको पहिलो बैठकमै खोला उत्खनन नगर्ने, आवश्यक परे उपमहानगर आफैंले गर्ने प्रस्ताव राखेका थिए । वडाध्यक्षहरुले भने नगरको राजश्वसँग जोडिएको भन्दै अध्ययन गरेर मात्र निर्णय गर्नुपर्ने बताएका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय