बिहिबार , बैसाख १३, २०८१

स्थानिय तहको चुनावमा सबैभन्दा बढी केन्द्रमा रहे स्वतन्त्र उम्मेदवारहरु । त्यही विरासतलाई बोकेर आसन्न संसदीय चुनावमा स्वतन्त्रबाट उठ्न खोज्नेहरुको राम्रै क्रेज देखिएको छ । स्वतन्त्रहरुले अभियान नै अगाडी बढाएका छन् तर त्यो अभियानबारे मिश्रित प्रतिक्रिया पाएको छ । स्वतन्त्र उम्मेदवारहरुमै मतभेद देखिएको छ ।

 

यसैबीच, गत ३० वैशाखमा स्वतन्त्रबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनेका सुमन सायमीले दलको विकल्प दल नै भएको दाबी गरेका छन्। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आजबाट सुरु भएको ‘स्वतन्त्र उम्मेदवारी अभियान विशेष भेला’ मा उपस्थित भएका सायमीले यस्तो बताएका हुन्।

 

संसदीय चुनाव नीति निर्माण गर्ने ठाउँ भएकाले त्यहाँ बहुमतको कदर हुने उनले बताए। एक जना व्यक्तिले नीति निर्माणको कानुन बनाउन नसक्दै भन्दै दलको विकल्प दल नै भएको कुरा जनमानसमा बुझाउनपर्ने तर्क गरे।

 

‘संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँमा जानुपर्छ। बहुमतको कदर हुन्छ त्यहाँ। एक व्यक्तिले नीति निर्माणको कानुन बनाउन सक्दैन्,’ उनले भने, ‘त्यसकारण दलको विकल्प दल नै हो भन्ने जरुरी छ। तर, जनमानसमा जुन वितृष्णा जागेको छ, दल एउटा माध्यम हो भन्ने पनि बुझाउन जरुरी छ। दलीय व्यवस्था नै ठिक होइन भन्ने गलत हो भनेर बुझाउन जरुरी छ।’

 

‘स्वतन्त्र उम्मेदवारी अभियान’ ले आजबाट ललितपुरको सानेपामा राष्ट्रिय विशेष भेला संचालन गरेको छ। यस अभियानका संयोजक डम्बर साहुले ६ पृष्ठको एक अवधारणापत्र सार्वजनिक गर्दै आगामी कार्यदिशाको बारेमा प्रष्ट पारेका छन्।

 

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आजबाट सुरु भएको ‘स्वतन्त्र उम्मेदवारी अभियान’ विशेष भेला सुरु भएको छ । भेलामा आगामी आम निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारे निश्कर्ष आउने जनाइएको छ । साथै, स्वतन्त्र उम्मेदवार बन्न आवश्यक मापदण्ड पनि तय गरिएको छ । स्वतन्त्र उम्मेदवार हुन ६८ वर्ष नाघेको हुन नहुने जनाइएको छ । त्यस्तै, सांसदका उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्ने जनाइएको छ ।

 

प्रत्यक्ष निर्वाचन लड्ने व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने पनि मापदण्डमा उल्लेख गरिएको छ । स्वतन्त्र उम्मेदवारका मापदण्ड देहायअनुसार हुनेछन् ः

 

१. हामीले मत दिने उम्मेदवार विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा होइन, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान् चरित्रका आधारमा तय हुनेछ।

 

२. राज्यले नै ६८ वर्षको व्यक्तिलाई वृद्धभत्ता तोकिसकेको हुनाले हामीले मतदान गर्ने उम्मेदवार अधिकतम ६८ वर्ष नकटेको हुनेछ। ३. सांसद वा मन्त्रीले देश–विदेशमा विभिन्न छलफल र निर्णयमा सहभागिता जनाउनुपर्ने भएकाले सांसदका उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्नेछ।

 

४. प्रत्यक्ष निर्वाचनमा लड्ने व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ। ५. सांसदको उम्मेदवार बन्न चाहने व्यक्तिको चरित्र स्वच्छ हुनुपर्छ। उसमाथि कुनै पनि चारित्रिक दाग लागेको हुनु हुँदैन। उम्मेदवारी घोषणा गरेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गरिएको हुनुपर्दछ।

 

६. उम्मेदवार बन्ने व्यक्तिले जितेर गर्ने कामका बारेमा आफ्नो स्पष्ट कार्ययोजना र भिजन सार्वजनिक गर्नुपर्छ। ७. प्रदेश वा संघको मन्त्री दाबी गर्ने व्यक्तिले सम्बन्धित मन्त्रालयको विषयमा विज्ञता राखेको हुनुपर्दछ।

 

८. उम्मेदवार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिनेखालको हुनु हुँदैन। जस्तै ः निजी व्यवसायी, व्यापारी एवं ठेकेदारहरु नै सांसद, मन्त्री वा संसदीय समितिका सभापति बन्ने परिपाटीको अन्त्य गरिनुपर्दछ। विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रुपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न सकिनेछैन।

 

१०. तीनपटकभन्दा बढी मन्त्री भइसकेकाहरुलाई मतदान गरिने छैन। ११. उम्मेदवार बन्ने व्यक्तिले परिवारको जीविकोपार्जनको बैधानिक स्रोत सार्वजनिकरुपमा खुलाउनुपर्नेछ।

 

१२. भ्रष्टाचारको अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन्। १३. सांसद वा मन्त्री बनेर बनेर घुस खान्नँ, कुनै अनियमितता गर्दिनँ, जनताको पक्षमा काम गर्नेछु, त्यसो नगरे राजीनामा दिएर फिर्ता हुन तयार छु भन्ने प्रतिद्धता जनाउनुपर्नेछ । संवैधानिक आयोग एवं राजदूतलगायत अन्य राजनीतिक नियुक्तिहरुमा हुने दलीय भागबन्डाको संसदमा खुलेर विरोध गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय