बिहिबार , चैत्र १५, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले जातका आधारमा दिइएको आरक्षणको व्यवस्था खारेज गर्न माग गरेका छन्।

 

 

उनले जातका आधारमा दिइएको आरक्षणले सबै जनताको हित नहुने बताए।देशमा व्याप्त भ्रस्टाचारका कारण नेपालीले दुःख पाएको बताउँदै लिङदेनले २०४६ सालपछिका सबै नेता तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानविन हुनुपर्ने बताए।

 

 

 

अध्यक्ष लिङ्देनले नेताहरूको मानमर्दन गर्न र कार्यकर्ताहरूको विश्वासघात गर्न आफू नेतृत्वमा नआएको बताउनुभएको छ ।नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीका निवर्तमान अध्यक्षहरूको जीवनकालमै आफ्नो पार्टीलाई देशकाे बलियो शक्तिको।

रूपमा स्थापित गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।आज आइतवार काठमाण्डाैमा शपथ ग्रहण गर्दै उहाँले दुई पटक मृत्युको मुखमा पुगेर पनि बाँचेको आफूले नेताको सम्मान र कार्यकर्ताहरूको भावनामाथि चोट नपुर्‍याइ आफ्नो पार्टीलाई बलियो बनाउने बताउनुभयो ।अध्यक्ष लिङदेनले भन्नुभयो,

 

 

 

‘राजेन्द्र लिङ्देनले पार्टी चलाउन सक्छ भन्ने आशङ्का छ ।पार्टीमा म मात्रै कहाँ छु ? मैले भने हाम्रो श्रद्धेय तीन नेताहरू हुनुहुन्छ अनि हाम्रा पदाधिकारीहरू हुनुहुन्छ । मैले दाइ मानेका अनुभवी मानिसहरू हुनुहुन्छ ।कसैलाई थुक्क यो मेरो पनि बदमासै रहेछ भन्ने पार्दिनँ भन्ने मेरो मनमा लाग्छ । मेराे जीवनमा अनेक संयोग छन् ।

 

 

 

म दुईचोटि मृत्यको मुखबाट फर्केर आएको मान्छु हुँ ।एकचाेटि माओवादी द्वन्द्वका बेला माओवादीहरूले सहरबीचमा पर्केर, निर्घात कुटपिट गरेर अब यो मान्छे बाँच्दैन, बाँच्यो भने पनि गरिखान सक्दैन भनेर फ्याँकेको मान्छे, बाँचेर यहाँसम्म आए ।

 

 

 

अस्ति यो महामारीमा एकैरात ढिलो ल्याएको भए म आज तपाईँहरूको बीचमा हुँदैन थिएँ । नेताहरूको मानमर्दन गर्न र कार्यकर्ताको विश्वासमाथि कुठाराघात गर्न म नेतृत्वमा आएको होइन ।त्यो विश्वासका साथ हामी काम गर्छाैँ ।’

 

 

 

नवनिर्वाचित अध्यक्ष लिङ्देनले कांग्रेस र एमालेलाई पनि जोडेर आफूहरूले राप्रपालाई देशको अग्रणी पार्टीको रूपमा अघि बढाउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय