शुक्रबार , चैत्र १६, २०८०

राष्ट्रिय राजनीति नै हलचल हुने गरी मेयर हर्क साम्पाङले लिए यस्तो अठोट, झनै पलायो अर्को आशा !

 

स्वतन्त्र उमेदवार बनेर धरान उपमहानगरपालिकाको मेयरका भारी मतले निर्वाचित भएका हर्क साम्पाङले मेयर भएको छोटो समयमै एक पछि अर्को राम्रो काम गरेर धरानबासीको मन जितिरहेको छन् ।साम्पाङको चर्चा धरानमा मात्रै होइन सिंगो देश भरिनै चलिरहेको छ ।सिम्पल लिभिङ हाई थिंकिङको नमुनानै बनेर साम्पाङ उदाएका छन् । आफ्नो एकमात्रै उदेश्य धराने जनतको खुशि र समृद्धि भनेर काममा खटिएका साम्पाङले गरेको अर्को एउटा ठूलो प्रतिज्ञाले धरानमा मात्रै होइन सिंगो देशैभरी तरंग गएको छ ।

साम्पाङले घुमाउँरो भाषामा आफु एक दिन यो देशको प्रधानमन्त्री बन्ने अठोट गरेका छन् । आफ्नो सामाजिक संलालमा एक भावुक स्टाटस लेख्दै साम्पाङले घर परिवार छोडेर बिदेशिनु पर्ने नेपालीहरुको पीडाबारे बोलेका छन् । उनले एक दिन त्यो पीडा हटाउँने ठाउँ सम्म पुग्ने बताएका छन् ।

 

नेपालका लाखौँ लाख युवाहरु बैदेशिक रोजगारीका लागी विदेशमा पुगेको छन् । परिवारसँगको बिछोड नेपालमा रोजगारी नहुँदाको पीडा यती ठूलो समस्या एउटा मेयरले पुरा गर्न सक्नेछैन । यहि बुझेर हुन सक्छ साम्पाङले एक दिन त्यो समस्या समाधान गर्ने ठाउँ सम्म पुग्ने छु भनेका छन् । प्रधानमन्त्री बन्न भनेर ठ्याक्कै नभने पनि उनले यो समस्या सरकार बनाउँने ठाउँ सम्म नपुगी पुरा हुँदैन भन्ने बुझेर नै त्यस्तो भनेका छन् ।

 

आफ्नो समाजिक संजालमा साम्पाङले यस्तो लखेका छन् ‘बाबा नजानु …आउनुू भन्दै आफ्नो बच्चाबच्ची रुँदै लडिबडी गर्दा विदेशिन एयर्पोर्टमा लाइन लागेको नेपालीको मन कती रोएको होला ? म महशुस गर्न सक्छु !त्यो पिडामा मलम घस्ने ठाउँ सम्म पुग्नुछ मैले !’

 

 

उनको स्टाटसको मर्मबाट सहजै अनुमान लगाउँन सकिन्छ उनी लामो समयको यात्रा र दूरगामी राजनितीक भिजन लिएर आएका छन् । संघर्षमा मान्छे एक्लो हुँदो रहेछ सफलतामा मात्रै सबैले साथ दिने रहेछन् भनेर राम्रोसँग बुझेका साम्पाङको मनमा एक दिन यो देशको प्रधानमन्त्री बनेर जनताको सेवा गर्ने सपनाले टुसा हाल्दै गरेको छ ।

 

दुनिँयाले के भन्छ साम्पाङलाई कुनै चासो छैन उनलाई म के गरिरहेको छु त्यो मात्रै चासो छ । ठूलो फार्तीफूर्ती , ठूलो रवाफ होइन साना साना कुरा तर जनताको जीवनशैलीसँग प्रत्यक्ष सरोकार राख्ने बिषयहरुलाई उनले प्राथमिकताका साथ उठाइरहेका छन् ।

 

सदा जीवन र उच्च विचारको पर्यायनै बनेका छन् साम्पाङ । मेयर साब बनेर कुनै भिआइपी जसरी महंगो गाडी चढेर उनी हिँडेका छैनन् । साधारण जनताको जीवनशैली र हर्कको जीवनशैली उस्तै छ। जनता भन्दा फरक आफुलाई नदेखाउँन उनले सक्दो प्रयास गरेका छन् ।साम्पाङ अहिले पनि आफ्नो निजी मोटरसाइकल चढेर हिड्ने गर्दछन् ।

 

केहि दिन अघि त उनले पेट्रोलको मूल्य अत्यधिक बढे पछि साइकल किन्नु पर्छ की के हो रु भनेर साइकलको मूल्य समेत सोधेका थिए । सडकको फोहर टिप्न जनतासँगै देखीने साम्पाङ श्रमदानका लागी जननासँगै बसेर गिटि फुटाइरहेका देखिन्छन् ।

 

लो प्रोफाइलमा बसेर उनले काम गरिरेहेका छन् । आफैँलै हम्मर हानेको , पसिना बगाउँदै काम गरेका,े जनताको घेरामा बसेको तस्बिरहरु समाजिक संजालमा प्रसस्त देख्न सकिन्छ । फोहोर मैला व्यवस्थापनका लागी देश विदेशका नेपालीहरुले पनि उनलाई प्रशस्त सहयोग गरिरहेका छन् ।

 

रोचक कुरा त आफ्ना गतिविधीहरुको तस्बिर उनी आफैँले सामाजिक संजलामा अपलोड गर्दछन् । महत्वपुर्ण बिषयहरु आफ्नो मत अभिमतहरु पनी उनी फेसबुकमा लेखिरहन्छन् । कतिपयले फेसबुकमा धेरै स्टााटस नलेख्न पनि उनलाई सुझाव दिन्छन् तर उनी निरन्तर लेखिरहन्छ । आफुलाई फेसबुकलेनै मेयर बनाएको साम्पाङले भन्ने गरेका छन् ।

 

स्थानिय सरकारलाई जनताको सबैभन्दा नजिकको सरकार भनिन्छ । जनतासँगै खाने , बस्ने र भिज्ने गरेर स्थानिय सरकार कस्तो हुनु पर्छ भन्ने नमुना पनि साम्पाङले देखाइरहेका छन् । एक्लै संघर्ष गरेर धराने जनताले मेयरको कुर्सिमा पुर्याइदिएका उनी कसले के आलोचना गर्छ मतलव नराखी आफ्नै काममा खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय