बिहिबार , बैसाख १३, २०८१

नेकपा (एमाले) का नेता भीम रावलले सरकारले अमेरिकालाई एसपीपी कार्यक्रममा भाग नलिने भनेर पत्र पठाएको भन्ने बारे आसंका व्यक्त गरेका छन् ।

 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले सरकारले एसपीपी सम्बन्धमा अमेरिकी सरकारलाई पठाएको भए पत्र तत्काल सार्वजनिक गर्न माग गरेका हुन् । उनले यदी आधिकारिक पत्राचार गरेको भए किन सार्वजनिक नगरेको भन्दै जनतालाई गर्यौ भनेर उल्लु बनाउन त खोजेको होइन भन्नेतर्फ इंगित गरेका थिए।

 

उनले सरकारले पठाएको पत्र जनताले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने पनि बताएका छन् । सरकारले अमेरिकाको राज्य साझेदारी कार्यक्रम स्टेट पार्टनर सीप प्रोग्राम लागू गर्न खोजेको तर देशव्यापी विरोधपछि रोकिएको दाबी गर्दै सांसद रावलले अहिलेको गठबन्धन सरकारले बाह्य हस्तक्षेपलाई खुला छाडेको आरोप लगाए ।

 

नेपालको अर्थतन्त्र, कृषि र मुलुकको सुरक्षामा देखिएको बाह्य हस्तक्षेप बढ्दै गए नेपालीहरूको दैनिकी कष्टकर र पीडादायी हुने एमालेका नेता तथा सांसद रावलले बताए । उनले सातभन्दा बढी देशका शरणार्थी नेपाल आएर आन्दोलन गर्दासम्म कानमा तेल हालेर बसेको आरोप लगाउँदै सरकार र गठबन्धन दलहरू कुन मन्त्री कति महिना बनाउने र फेर्ने भन्नेमा मात्रै केन्द्रित रहेको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय