शुक्रबार , चैत्र १६, २०८०

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन

 

कार्यकर्ता भित्र्याएर नेतृत्वलाई दबाब दिने प्रचण्ड रणनीति

 

बुधबार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका नेताहरुलाई पार्टी प्रवेश गराएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘अब विप्लवजी, वैद्यजी, हेमन्त वलीजीहरू सबैजना आउनैपर्छ ।’

 

संघ र प्रदेशको चुनाव नजिकिँदै गर्दा प्रचण्डले पूर्वमाओवादीको एकतामा जोड दिएका छन् । नेताहरूका अनुसार हालको गठबन्धनलाई कामय राख्दै पार्टीको आकार सके २०७४ कोभन्दा बढाउने, नभए घट्न नदिने प्रचण्डको रणनीति छ ।

 

त्यसका लागि सके पाँच दलबीच देशव्यापी गठबन्धन गर्ने, नभए नेपाली कांग्रेससँग मिल्नसक्ने ठाउँमा मिल्ने र अन्यत्र एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको मोर्चा बनाउने उनको प्रयास छ ।

 

छिन्नभिन्न पूर्वमाओवादी समूहहरुलाई माओवादी केन्द्रमा समाहित गर्ने प्रयास पनि प्रचण्डको छ । यसका लागि माओवादी नेताहरुले मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, नेक्रविक्रम चन्द ‘विप्लव’, धर्मेन्द्र बास्तोलालगायगसँग सम्वाद गरिरहेका छन् । त्यहीक्रममा प्रचण्डले एक ठाउँमा आउन आहृवान गरेका हुन् ।

 

घर सम्झाउने माहौल

 

वैद्य, विल्लवलगायतले विद्रोह गर्दै नयाँ पार्टी खोल्न थालेपछि प्रचण्ड नेतृत्वको माओवादी छाड्ने लहर चलेको थियो । नयाँ कम्युनिष्ट पार्टीहरु पनि ‘क्रान्तिकारी’ नभएको भन्दै निराश बनेका नेता-कार्यकर्ताहरुतिर अहिले प्रचण्डले नजर लगाएको देखिन्छ ।

 

गत माघ २५ मा विप्लव नेतृत्वको नेकपाको जुम्ला जिल्ला कमिटी नै माओवादी केन्द्रमा समाहित भएको थियो भने १ फागुनमा सिन्धुलीका पुराना नेता दीर्घ श्रेष्ठ पुनः माओवादी केन्द्रमै फर्किएका थिए ।

 

१ वैशाखमा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हेमराज भट्टराईको नेतृत्ववमा जर्दजनबढी पूर्वलडाकू माओवादी केन्द्रमा फकिएका थिए । त्यहीँ नेकपा माओवादी केन्द्र समाजवादीका पोलिटब्यूरो सदस्य ज्ञानु बम पनि माओवादीमा प्रवेश गरेका थिए । २५ वैशाखमा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका मजदुर नेता बद्री बजगाईं र साहित्यकार ईश्वरचन्द्र ज्ञवाली माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

 

दुई दिन अघि १५ असारमा मात्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका ओमप्रकाश पुनसहितका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

 

पुनसहितका नेता-कार्यकतालाई स्वागत गर्दै प्रचण्डले बाँकी सबैलाई एकीकृत हुन आह्वान गरे । ‘अब जनता पनि आजित भए’ पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने, ‘अब तिमी माओवादीहरू एकै ठाउँमा बस भन्न थाले । कार्यकर्ताको भावना पनि चुनावी प्रतिस्पर्धामै आउने हो भने प्रचण्डकै नेतृत्वमा किन नजाने भन्ने देखियो । अरुबाट क्रान्ति हुन्छ कि भन्ने भ्रम पनि तोडियो । त्यसैले विप्लवजी, वैद्यजी, हेमन्त वलीजीहरू सबैजना आउनैपर्छ ।’

 

उनले छिट्टै पूर्व माओवादीहरुबीच संस्थागत ढंगले नै एकीकरण हुने समेत दाबी गरे । उनको यो अभिव्यक्ति पूर्वमाओवादी कार्यकर्तालाई आउन उत्साहित पार्ने र नेताहरुलाई एकताका लागि दबाब दिने रणनीति मानिएको छ ।

 

माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज गणेस साह अहिले माहोल नै पुरानो घर सम्झाउने बनेको बताउँछन् । संसदीय व्यवस्था नमान्ने भनेका विप्लवहरु पनि चुनावमा गएको र त्यहीकारण पार्टी

 

 

विभाजन भएबाट निराश नेता-कार्यकर्ता मुलघर फर्किने मनस्थितिमा पुगेको उनले बताए । ‘सबै थाकिसके’ उनी भन्छन्, ‘वाम अतिवादको बजार पनि रहेन । यो अवस्थामा अन्यत्र पलयान हुन नसक्ने पुर्वमाओवादी साथीहरु पुरानो घर फर्किनु स्वभाविक हुन्छ ।’

 

 

द्यले इन्कारे, बाबुराम मझधारमा

 

माओवादी केन्द्रले एकताको आह्वानसँगै पूर्वमाओवादी नेताहरुसँग संवाद थालेका छन् । वैद्य र विप्लवसँग कष्णबहादुर महरा तथा विप्लव समूहमा बिद्रोह गरेर नयाँ पार्टी खोलेका धर्मेन्द्र बास्तोलालगायतसँग वर्षमान पुन निरन्तर संवादमा छन् । तर वैद्यले एकता इन्कार गरेको र विप्लवले आउँदो असोजमा हुने महाधिवेशनपछि मात्र चित्र स्ष्ट हुने जवाफ दिएको एक नेता बताउँछन् ।

 

पार्टी एकताको प्रस्ताव अस्वीकार गरेकोबारे अनलाइनखबरको जिज्ञासामा वैद्यले भने, ‘माओवादी केन्द्रसँग फेरी एकता असम्भव छ । उहाँ (प्रचण्ड) संसदीय व्यवस्थाको रक्षक भएर हिँड्ने अनि कसरी हुन्छ हामीसँग पार्टी एकता ?’ प्रचण्डले गरेको राजनीतिक गल्ति स्वीकार नगरेको र गर्ने सम्भावना पनि नभएकाले पार्टी एकता असम्भव भएको वैद्यको भनाइ छ ।

 

बास्तोलाले भने प्रचण्डबाट भएको पार्टी एकताको पहल सकारात्मक भएको बताएका छन् । ‘यो राम्रै कुरा हो’ उनले भने, ‘राजनीतिमा सम्भावना नहुने भन्ने कुरै हुँदैन ।’

 

प्रचण्ड, जसपाबाट अलग हुने तयारीमा रहेका बाबुराम भट्टराईसँग पनि निरन्तर छलफललमा छन् । जसपामा संघीय परिषद अध्यक्षसमेत रहेका डा. भट्टराईसँग प्रचण्ड स्वयमले तीन पटक छलफल गरिसकेको एक नेताले बताए ।

 

भट्टराई एकता भन्दा मोर्चा बनाएर सकारात्मक देखिएको भन्द उनले भने, ‘उहाँ मोर्चाका नाममा एउटै चिह्न लिएर चुनावमा जान तयार देखिनुभएको छ ।’

 

जोसँग मिले पनि माओवादी तेस्रो शक्ति

 

१ जेठ, काठमाडौं ।

 

स्थानीय तह निर्वाचनको परिणाम आउनेक्रम जारी छ । मत गणना र मत परिणाम प्रारम्भिक अवस्थामै भए पनि कसको अवस्था कस्तो भने भन्न सकिने अवस्था छ । प्रारम्भिक परिणामले नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो हुने देखिन्छ ।

 

सोमबार दिउँसो २ बजेसम्मको विवरण अनुसार नेपाली कांग्रेसले ५० पालिका जित्दै २५७ पालिकामा अग्रता लिइरहेको छ । नेकपा एमालेले ४७ स्थानमा जितेको छ भने १५४ पालिकामा अग्रता लिइरहेको छ । त्यस्तै २६ पालिका प्रमुख जितेको माओवादी केन्द्रले ९४ स्थानमा अग्रता लिइरहेको छ ।

 

यस पटककको शक्ति सन्तुलनले एमाले र कांग्रेसको शक्ति सन्तुलनमा हेरफेर ल्याए पनि माओवादी केन्द्रको हकमा भने खासै फरक देखिएको छैन । माओवादी २०७४ को परिणाममा धेरै नगुमाइ र धेरै प्राप्त नगरी फेरि पनि तेस्रो शक्ति बन्ने देखिएको छ ।

 

लक्ष्य थियो दोस्रो बन्ने

 

माओवादी केन्द्रका नेता वर्षमान पुनले गत चैतमा अनलाइनखबरसँगको कुराकानीमा दाबी गर्दै भनेका थिए– ‘एक्लै लडे पनि २०० पालिका जित्छौं ।’

 

करिब एक तिहाइ जति क्षेत्रमा भए पनि माओवादी केन्द्र तालमेलसहित चुनावमा गयो, तर परिणाम नेताहरुले भने जस्तो भने आएन । वामपन्थीमध्ये पहिलो शक्ति बन्ने माओवादीको सपनामा धक्का लाग्यो ।

त्यसो कसरी भन्ने प्रश्नमा उनले व्याख्या गर्दै भनेका थिए, ‘हामी एक्लै लड्न पनि सक्षम छौं । २०७४ मा ११६ पालिका जितेका थियौं । ९९ जति स्थानीय तहमा दोस्रो छौं । १३ सय भन्दा बढी वडा जितेका छौं । यो पटक २०० भन्दा बढी पालिका हामी एक्लै पनि जित्छौं ।’

 

तालमेलका लागि कांग्रेससँग छलफल चलिरहेका बेला पुनले

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय