शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले आगामी चुनावमा पनि गठबन्धन कायम रहने र एमाले सोत्तर हुने बताएका छन् ।

 

अब नेताहरुले शिक्षा लिएर आफुलाई सुधारेनन् भने जनता सहेर नबस्ने श्रीलंकामा जस्तै जनताले नेतालाई कुटने दिन आउने र सत्तामा गए पछि जनता र राष्ट्रको चिन्ता लिनु पर्छ भन्ने कुरा नेताहरुले महशुस नगरेको उनले बताए ।

 

शेरबहादुर प्रधानमन्त्री हुन्छु भनेर सपनामा पनि नदेखेको ओलीको प्रसादले भएको र ७४ को वाम पन्थी एकता अहिले सम्म भएको भए अहिलेको चुनावमा कांग्रेसलाई झार पातमा खोज्न जानु पर्ने बताएका छन् ।

 

यो गठबन्धन बन्नुको कारण केपी ओलीको पार्टी भित्रको झगडाको कारणले बनेको गठबन्धन ओलीको प्रसाद भएको यो मंसिर सम्म हुने र अब एमाले सोत्तर हुने बताए । यहाँ सिद्धान्तको लागि काम नगर्ने फाईदाको लागि गर्ने यो गठबन्धन पनि फाईदा भयो भने मात्र रहने र तत्काल वाम पन्थीहरुको एकता नहुने उनले बताएका छन् ।

 

अहिले सबै पार्टी जोगाउन हम्मे–हम्मे परेको र स्वतन्त्रहरु आएर अब गणतन्त्र र संसद सिध्याउने ७२ को संविधान च्यातनको लागि सक्रिय भएर आएको बताए । अहिले आफुले राजनीतिबाट ‘रिटाएर’ लिने बेला नभएको नयाँ पिडिहरु आउदैमा काम नगर्ने विचार सिद्धान्त हुनु पर्ने उनको भनाई छ ।

 

 

यो पनि पढ्नुहोस

माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

 

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

 

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय