मंगलबार , बैसाख ११, २०८१

प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गरेका छन्।

 

अध्यक्ष ओलीले एमालेबाहेक अन्य दलले मुलुकलाई समृद्ध बनाउन सक्दैनन् भन्नु सत्य कुरा भएको जिकिर समेत गरे।उनले एमालेबाहेक अन्य दलले ‘समृद्ध नेपालः सुखी नेपाली’ भनेको सुन्नु भएको छ? भनि प्रश्न समेत गरे।

 

अध्यक्ष ओलीले भने, ‘सबै नेपालीले देशलाई माया गरे पुग्छ। देशलाई माया गर्नु भनेको समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय संकल्पलाई पूरा गर्नु हो।’उनले थपे, ‘सही सत्य कुरा के हो भने–राजनीति भन्दा बाहिर गएर, माथि उठेर सही सत्य कुरा के हो भने–देशलाई माया गर्नुहुन्छ ।

 

भने, देशलाई बनाउनु छ भने देशलाई मानव उचित बनाउनु छ भने, देशलाई मानव समाजजस्तो बनाउनु छ भने, विकसित, सभ्य, आधुनिक नेपाल निर्माण गर्नुछ भने एमाले बाहेक अरूले अगुवाइ गर्न सक्दैन।’

 

स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरूको सम्मानमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने पनि मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमाले बाहेकका अन्य शक्तिले नसक्ने बताए।

 

यो पनि हेर्नुहोस,कार्यालयहरू तयार नहुँदै इम्बोस्ड प्लेट अनिवार्य, नजोडे कारबाही

संघीय सरकारले बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचित गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले तोकिएका सवारीले इम्बोस्ड प्लेट जान नगरेमा कारवाही गर्ने चेतावनी दिएको छ ।

 

तर, सरकारले तोकेको कार्यतालिका बमोजिम इम्बोस्ड नम्बर प्लेट जडानका लागि प्रदेश सरकार अन्तरगतका यातायात कार्यालयहरु तयार छैनन् ।प्लेटको गुणस्तर कमजोर भएको, पर्याप्त जनशक्ति र पूर्वाधार नभएको र यातायातको प्रणालीलाई इम्बोस्ड नम्बरसँग नजोडिएको भन्दै प्रदेश सरकार अन्तरगतका यातायात कार्यालयहरुले इम्बोस्ड प्लेट जडानमा उदासिनता देखाएका छन् ।

 

तर, इम्बोस्ड प्लेट छपाइको जिम्मा लिएको ठेकेदार कम्पनी टाइगर डेकाटोरको थप म्याद सकिन लागेपछि भुक्तानीका लागि दबाबमा परेको यातायात विभागले प्लेट जडान नगरे सवारी धनीलाई नै कारवाही गर्ने चेतावनीसहित सूचना प्रकाशित गरेको प्रदेशका सवारी कार्यालयहरुको दाबी छ ।

 

एक सवारी कार्यालयका प्रमुखका अनुसार विभागले चेतावनीयुक्त सूचना निकालेपनि सबैलाई तत्काल नम्बर प्लेट दिन सकिने अवस्था छैन । अहिलेसम्म स्वेच्छिक रुपमा अनलाइन फारम भरेर आउनेहरुलाई मात्रै कार्यालयहरुले इम्बोस्ड नम्बर प्लेट जडानको सेवा सेवा दिइरहेका छन् ।

 

‘विभागले आगामी असारसम्म तोकिएका सवारीमा प्लेट जडान नगरे साउनबाट कारवाही थाल्ने चेतावनी दिएको छ, यसका कारण यातायात कार्यालयमा एकाकएक भीड बढ्यो भने चाप थेग्न नसकेर दिइरहेको सेवा पनि दिन सकिंदैन,’ ती अधिकारीले भने ।

 

अब दैनिक सवारीको कोटा संख्या तोकेर सेवा दिन थालिने उनले बताए ।उनका अनुसार अहिलेसम्म इम्बोस्ड नम्बर प्लेटलाई यातायातको मूल प्रणालीले चिन्ने गरी सफ्टवेयर नै बनेको छैन । ठेकदार कम्पनीकै सफ्टवेयरमा भर परेर इम्बोस्ड नम्बर वितरण भइरहेको ती अधिकारीको दावी छ ।

 

गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा, काठमाडौंका कार्यालय प्रमुख दीपक पोखरेल भने विभागको निर्देशन कार्यान्वयन गर्न प्रदेश सरकारसँग छलफल हुने बताउँछन् ।‘

 

 

अघिल्लो दिन जोडर अफरोडमा गएका सवारीको प्लेट भोलि पल्टै खसिरहेको छ,’ उनी भन्छन्,’प्लेट खसेर आएकाहरुलाई फेरि पुरानै दरमा शुल्क तिरेर नम्बर प्लेट लिनुस् भन्नुपरेको छ, यस्ता समस्या रहिन्जेल प्लेट जोडेर के काम ?’

 

 

व्यवस्था विभागले शुक्रबार असारभित्रमा तोकिएका सबै सवारीमा इम्बोस्ड प्लेटको जडान गराउन बाग्मती र गण्डकी प्रदेशका यातायात कार्यालयलाई निर्देशन दिएको छ ।कात्तिक २२को नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले सवारीहरुमा अनिवार्य रुपमा इम्बोस्ड जडानको तालिका सार्वजनिक गरेको थियो ।

 

‘संघीय सरकारको निर्णय कार्यान्वयन गर्न के गर्न सकिन्छ प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग छलफल गर्छौं,’ उनले भने,’संघीय सरकारको निर्देशन पालना गर्छौं, तर सहज वातावरण बन्नुपर्छ ।’

 

राजपत्रअनुसार १ मंसिर २०७८ बाट बागमती, गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशमा नयाँ दर्ता हुने सवारीमा अनिवार्य इम्बोस्ड प्लेट जडान हुनुपर्ने थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय