बिहिबार , बैसाख ६, २०८१

कार्यकर्ता भित्र्याएर नेतृत्वलाई दबाब दिने प्रचण्ड रणनीति, जसरि भएपनि पुर्व माओवादी सबैलाई एकठाउमा ल्याउने (तलको लिंक क्लिक गर्नुहोस)

 

१८ असार, काठमाडौं ।

 

बुधबार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका नेताहरुलाई पार्टी प्रवेश गराएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘अब विप्लवजी, वैद्यजी, हेमन्त वलीजीहरू सबैजना आउनैपर्छ ।’

 

संघ र प्रदेशको चुनाव नजिकिँदै गर्दा प्रचण्डले पूर्वमाओवादीको एकतामा जोड दिएका छन् । नेताहरूका अनुसार हालको गठबन्धनलाई कामय राख्दै पार्टीको आकार सके २०७४ कोभन्दा बढाउने, नभए घट्न नदिने प्रचण्डको रणनीति छ ।

 

त्यसका लागि सके पाँच दलबीच देशव्यापी गठबन्धन गर्ने, नभए नेपाली कांग्रेससँग मिल्नसक्ने ठाउँमा मिल्ने र अन्यत्र एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको मोर्चा बनाउने उनको प्रयास छ ।

 

छिन्नभिन्न पूर्वमाओवादी समूहहरुलाई माओवादी केन्द्रमा समाहित गर्ने प्रयास पनि प्रचण्डको छ । यसका लागि माओवादी नेताहरुले मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, नेक्रविक्रम चन्द ‘विप्लव’, धर्मेन्द्र बास्तोलालगायगसँग सम्वाद गरिरहेका छन् । त्यहीक्रममा प्रचण्डले एक ठाउँमा आउन आहृवान गरेका हुन् ।

 

घर सम्झाउने माहौल

 

वैद्य, विल्लवलगायतले विद्रोह गर्दै नयाँ पार्टी खोल्न थालेपछि प्रचण्ड नेतृत्वको माओवादी छाड्ने लहर चलेको थियो । नयाँ कम्युनिष्ट पार्टीहरु पनि ‘क्रान्तिकारी’ नभएको भन्दै निराश बनेका नेता-कार्यकर्ताहरुतिर अहिले प्रचण्डले नजर लगाएको देखिन्छ ।

 

गत माघ २५ मा विप्लव नेतृत्वको नेकपाको जुम्ला जिल्ला कमिटी नै माओवादी केन्द्रमा समाहित भएको थियो भने १ फागुनमा सिन्धुलीका पुराना नेता दीर्घ श्रेष्ठ पुनः माओवादी केन्द्रमै फर्किएका थिए ।

 

१ वैशाखमा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हेमराज भट्टराईको नेतृत्ववमा जर्दजनबढी पूर्वलडाकू माओवादी केन्द्रमा फकिएका थिए । त्यहीँ नेकपा माओवादी केन्द्र समाजवादीका पोलिटब्यूरो सदस्य ज्ञानु बम पनि माओवादीमा प्रवेश गरेका थिए ।

 

२५ वैशाखमा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका मजदुर नेता बद्री बजगाईं र साहित्यकार ईश्वरचन्द्र ज्ञवाली माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

 

दुई दिन अघि १५ असारमा मात्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका ओमप्रकाश पुनसहितका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

 

पुनसहितका नेता-कार्यकतालाई स्वागत गर्दै प्रचण्डले बाँकी सबैलाई एकीकृत हुन आह्वान गरे । ‘अब जनता पनि आजित भए’ पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने, ‘अब तिमी माओवादीहरू एकै ठाउँमा बस भन्न थाले ।

 

कार्यकर्ताको भावना पनि चुनावी प्रतिस्पर्धामै आउने हो भने प्रचण्डकै नेतृत्वमा किन नजाने भन्ने देखियो । अरुबाट क्रान्ति हुन्छ कि भन्ने भ्रम पनि तोडियो । त्यसैले विप्लवजी, वैद्यजी, हेमन्त वलीजीहरू सबैजना आउनैपर्छ ।’

 

उनले छिट्टै पूर्व माओवादीहरुबीच संस्थागत ढंगले नै एकीकरण हुने समेत दाबी गरे । उनको यो अभिव्यक्ति पूर्वमाओवादी कार्यकर्तालाई आउन उत्साहित पार्ने र नेताहरुलाई एकताका लागि दबाब दिने रणनीति मानिएको छ ।

 

माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज गणेस साह अहिले माहोल नै पुरानो घर सम्झाउने बनेको बताउँछन् । संसदीय व्यवस्था नमान्ने भनेका विप्लवहरु पनि चुनावमा गएको र त्यहीकारण पार्टी विभाजन भएबाट निराश नेता-कार्यकर्ता मुलघर फर्किने मनस्थितिमा पुगेको उनले बताए ।

 

 

 

सबै थाकिसके’ उनी भन्छन्, ‘वाम अतिवादको बजार पनि रहेन । यो अवस्थामा अन्यत्र पलयान हुन नसक्ने पुर्वमाओवादी साथीहरु पुरानो घर फर्किनु स्वभाविक हुन्छ ।’

 

वैद्यले इन्कारे, बाबुराम मझधारमा

 

माओवादी केन्द्रले एकताको आह्वानसँगै पूर्वमाओवादी नेताहरुसँग संवाद थालेका छन् । वैद्य र विप्लवसँग कष्णबहादुर महरा तथा विप्लव समूहमा बिद्रोह गरेर नयाँ पार्टी खोलेका धर्मेन्द्र बास्तोलालगायतसँग वर्षमान पुन निरन्तर संवादमा छन् ।

 

तर वैद्यले एकता इन्कार गरेको र विप्लवले आउँदो असोजमा हुने महाधिवेशनपछि मात्र चित्र स्ष्ट हुने जवाफ दिएको एक नेता बताउँछन् ।

 

पार्टी एकताको प्रस्ताव अस्वीकार गरेकोबारे अनलाइनखबरको जिज्ञासामा वैद्यले भने, ‘माओवादी केन्द्रसँग फेरी एकता असम्भव छ । उहाँ (प्रचण्ड) संसदीय व्यवस्थाको रक्षक भएर हिँड्ने अनि कसरी हुन्छ हामीसँग पार्टी एकता ?’ प्रचण्डले गरेको राजनीतिक गल्ति स्वीकार नगरेको र गर्ने सम्भावना पनि नभएकाले पार्टी एकता असम्भव भएको वैद्यको भनाइ छ ।

 

बास्तोलाले भने प्रचण्डबाट भएको पार्टी एकताको पहल सकारात्मक भएको बताएका छन् । ‘यो राम्रै कुरा हो’ उनले भने, ‘राजनीतिमा सम्भावना नहुने भन्ने कुरै हुँदैन ।’

 

प्रचण्ड, जसपाबाट अलग हुने तयारीमा रहेका बाबुराम भट्टराईसँग पनि निरन्तर छलफललमा छन् । जसपामा संघीय परिषद अध्यक्षसमेत रहेका डा. भट्टराईसँग प्रचण्ड स्वयमले तीन पटक छलफल गरिसकेको एक नेताले बताए ।

 

भट्टराई एकता भन्दा मोर्चा बनाएर सकारात्मक देखिएको भन्द उनले भने, ‘उहाँ मोर्चाका नाममा एउटै चिह्न लिएर चुनावमा जान तयार देखिनुभएको छ ।’

 

उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामबीच छलफल

 

नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

 

जसपाभित्र विवादका कारण पार्टी विभाजनसम्म पुग्न लागेका बेला भट्टराईले बिहीबार बिहान उपराष्ट्रपति निवासमा प्रचण्डसँग भेटघाट गरेका हुन् ।

 

उपराष्ट्रपति नन्दबहादुर पुनका स्वकीय सचिव सुकबहादुर रोकाले प्रचण्ड र भट्टराईबीच बिहान साढे १० बजेदेखि १ घण्टा छलफल भएको जानकारी अनलाइनखबरलाई दिए। भेटमा भएको कुराकानीबारे भने आफूलाई थाहा नभएको रोकाले बताए ।

 

उपराष्ट्रपति निवासमै प्रचण्ड र भट्टराईले यसअघि दुई पटक छलफल गरिसकेका छन् । पूर्व माओवादीहरुबीच एकताको प्रयास गरिरहेका प्रचण्डले भट्टराईलाई पार्टीमै ल्याउने कोसिस गरिरहेको र त्यो सम्भव नभए समाजवादी केन्द्र बनाएर भए पनि सँगै राख्ने प्रयत्न भइरहेको माओवादी केन्द्र निकट स्रोतले बतायो ।

 

भट्टराई पनि माओवादीसँग पार्टी एकता भन्दा पनि समाजवादी केन्द्र बनाएर एउटै मोर्चामा रहन सहमत छन् ।

 

सबै माओवादी एकजुट हुन आवश्यक छ, आ-आफ्नो कमजोरी स्वीकारौं : प्रचण्ड

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै माओवादीबीच एकता आवश्यक रहेको बताएका छन् ।

 

विप्लव नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेताहरु ओमप्रकाश पुन लगायतलाई स्वागत गर्न बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले वैज्ञानिक समाजवादको लक्ष्यमा पुग्न सबै माओवादी एकजुट हुन आवश्यक रहेको बताए ।

 

उनले ओम प्रकाश पुन लगायतका नेताहरु माओवादी केन्द्रमा फर्किंदा अन्यलाई राम्रो सन्देश गएको बताउँदै उनले भने ‘वैज्ञानिक समाजवादको दिशातिर पु¥याउन सबै माओवादी धाराहरु एकजुट हुन आवश्यक छ ।’

 

क्रान्तिको खोजी गर्ने मोहन वैद्य र नेत्रविक्रम चन्द (विप्लव)को नियतप्रति आफ्नो शंका नभएको तर चाहनाले मात्रै क्रान्ति नहुने प्रचण्डको भनाइ छ । ‘माओवादी धारा त्यसमा पनि क्रान्तिको खोजी गर्न जाने मोहन वैद्य, विप्लवको क्रान्तिकारी नियतप्रति मेरो कहिले नै शंका भएन,’ प्रचण्डले भने, ‘तर, क्रान्ति चाहनाले मात्रै हुने कुरा होइन ।

 

क्रान्ति क्रान्तिकारीले मात्रै गर्ने होइन, सही विचारमा लाखौं जनतालाई गोलबद्ध गरेर जनताले गर्ने कुरा हो ।’

 

सबैले आ–आफ्नो कमजोरी स्वीकार गर्ने आँट गरौं भन्दै प्रचण्डले वैद्य, विप्लव लगायतलाई पुनर्विचार गर्न आग्रह गरे । ‘हामी एक ठाउँमा अपिल उभिएर जनतालाई अपिल गर्ने हो भने मलाई विश्वास छ कि अधिकांश जनताले साथ दिने छन्,’ उनले भने ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय